back

दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

वि.सं.२०७५ मंसिर ४ मंगलवार

366 

shares
IME Limited
NTC AD

४ मङ्सिर, लमही । आवश्यक जनशक्ति नहुँदा स्थानीय तहका न्यायिक समितिले उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनन् ।

नयाँ संविधानले स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरी न्यायपालिकाको रुपमा काम गर्ने अधिकार प्रदान गरे पनि दक्ष जनशक्ति नहुँदा न्यायिक सम्पादनमा समस्या हुने गरेको लमही नगरपालिका न्यायिक समिति संयोजक देवका बेल्बासेले बताए ।
स्थानीय तहका न्यायिक समितिमा कानूनसम्बन्धी जानकारी भएको जनशक्ति भएर सेवालाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ । ‘‘अहिले हामीसँग अधिकार छ, तर दक्ष जनशक्ति छैन’’, उनले भने, “दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ ।” अहिले लमही नगरपालिकाले ४९ विवाद मिलाएको समेत उनले बताए ।
न्यायिक समिति स्थापना भएदेखि ९५ विवाद दर्ता भएकामा अहिलेसम्म ४९ विवाद समाधान गर्न सफल भएको समिति संयोजक देवका बेल्बासेले जानकारी दिए । चालु आर्थिक वर्षमा २० विवाद दर्ता भएकामा हालसम्म ११ विवाद समाधान गरेको उनले जानकारी दिए ।
नागरिकमा न्यायिक समितिले हेर्ने विवादको प्रकृति थाहा नहुँदा सबै खालका विवाद स्थानीय न्यायिक समितिमा दोहोरिन थालेका छन् । नजिक पर्ने र जनप्रतिनिधिसँग नागरिकको घुलमिल बढी हुने भएकाले सबै खालका विवाद आए पनि विवादको प्रकृति हेरेर विवाद हेरफेर गर्ने गरेको समितिका सदस्य कृष्ण घिमिरेले जानकारी दिए ।
यस्तै समितिले स्थानीयस्तरमा गठन भएका सामुदायिक मेलमिलाप केन्द्रलाई सूचीकृत गर्न निवेदन माग गरेको छ । हालसम्म २० केन्द्रले निवेदन दिएको समिति सदस्य कुमार भट्टराईले जानकारी दिए ।

वि.सं.२०७५ मंसिर ४ मंगलवार १४:३५ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...