back

हङकङ तामाङ घेदुङले पायो पूर्ण कार्यसमिति

वि.सं.२०७५ मंसिर ४ मंगलवार

216 

shares
NTC AD

हङकङ । हङकङ तामाङ घेदुङको कार्यसमितिले पुर्णता पाएको छ । घेदुङले ११ जनाको पदाधिकारी सहित पूर्ण कार्यसमिति बनाएको हो ।
११ नोभेम्बरमा सम्पन्न अधिवेशनले अध्यक्षमा विश्व घिसिङलाई सर्वसम्मत चयन गरेको थियो । प्राविधिक कारणवस उक्त अधिवेसनमा अध्यक्ष बाहेक अन्य पदाधिकारीलाई चयन गर्न नसकिएको हङकङ घेदुङले जनाएको थियो ।
बाँकि कार्यसमिति एक हप्तापछि विस्तार गर्ने योजना अनुसार समितिलाई पूर्णता दिइएको कुरा अध्यक्ष विश्व घिसिङले जानकारी गराए । घेदुङको उपाध्यक्षमा रमेश मोक्तान, शोभा योन्जन –महिला), महासचिवमा राज नेगि, सचिब कुमार पाख्रीन, कोषाध्यक्ष दिलिप थिङ, सह–कोषाअध्यक्ष प्रतिमा घिसिङ निर्वाचित भएका छन् ।कार्यसमितिको सदस्यहरुमा कृष्ण थिङ, निल वाइबा,अनिता तामाङ, कृष्ण वाइबा रहेका छन । घेदुङको सल्लाकार समितिमा बिष्णु स्याङ्बो, प्रताप बम्जन, रोहित बल,कृस्ण ध्वज दोङ र अनु योन्जन रहेको घेदुङले जनाएको छ ।

घेदुङको प्रमुख संरक्षकमा बिनोद बल रहेका छन् । संरक्षक समितिको सदस्यमा प्रेम लामा, विस्णु पाख्रीन, जङधन थिङ, बाबुराम पाख्रीन, कृष्ण स्याङ्तान र कला तामाङ रहेका छन् ।

गत आइतबार याक एन्ड यती रेष्टुरेण्ट, जोर्डन हङकङमा हङकङ तामाङ घेदुङको ११ औं अघिवेशन भएको थियो । ।
अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङले उम्मेदवारी दिएपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

वि.सं.२०७५ मंसिर ४ मंगलवार १७:१५ मा प्रकाशित

ADBL AD
अमेरिकामा संयुक्त तीज दर कार्यक्रमको आयोजना

अमेरिकामा संयुक्त तीज दर कार्यक्रमको आयोजना

अमेरिका । नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको...

नर्वेमा हरितालिका तिज सम्पन्न

नर्वेमा हरितालिका तिज सम्पन्न

प्रेम परियार, ओस्लो । नेपाली पोर्चुगिज समाज नर्वेको आयोजनामा राजधानी...

एनआरएनए सेसेल्सको आयोजनामा तीज सम्पन्न

एनआरएनए सेसेल्सको आयोजनामा तीज सम्पन्न

सेसेल्स । हरेक वर्ष झैं यस वर्ष पनि गैर आवासीय...

‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता,...

कतार नेपाली एकता समाजको केन्द्रीय समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

कतार नेपाली एकता समाजको केन्द्रीय समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

उद्धब मगर, दोहा कतार । कतार नेपाली एकता समाज केन्द्रिय...

युएईमा मृत्यु भएका कृष्णको शव ल्याउन समस्या

युएईमा मृत्यु भएका कृष्णको शव ल्याउन समस्या

काठमाडौँ । युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको शव...