गोरखाली समाज फ्रान्सले गोरखा जिल्ला, सिरानचोक गाऊपालिका ४ निवासी शिव हमाल तथा श्रीमती प्रतिमा हमाल देवकोटाका वर्ष १२ का सुपुत्र प्रसिद्ध हमालको उपचारका लागि आर्थिक सहयोग गरेको छ । प्रसिद्धको दुवै मृगौलामा समस्या भै फेर्नु पर्ने र सम्वन्धित परिवारको आर्थिक अवस्था कमजोर हुँदा सहयोगको लागि समाजलाई अनुरोध गरे अनुसार फ्रान्समा बस्ने सम्पुर्ण नेपालीहरुमा सहयोगमा रकम संकलन गरिएको थियो ।
फ्रान्सका बिभिन्न सहयोगी मनहरु, नेपाली संघसंस्थाहरुबाट जम्मा १४५६€(एक हजार चार सय छपन्न यूरो) नेपाली रू.१,८७,४०० (एक लाख सतासी हजार चार सय) आर्थिक सहयोग संकलन भएको थियो। संकलित रकम गोरखाली समाज फ्रान्सका सल्लाहकार सुक गुरुंगको धर्मपत्नी तथा यस समाजकी बरिष्ट सदस्य श्रीमती बर्ताकुमारी गुरुंगको हातबाट मेघा टेलिभिजनको कार्यालय, काठमाडौंको कार्यकक्षमा बिरामी तथा त्यहाँका पदाधिकारीहरूको उपस्थितिमा संबन्धित परिवारलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।
रकम संकलनको संयोजन गोरखाली समाज फ्रान्सका सदस्य सुजन बाँनियाले गरेका थिए । समाजले प्रसिद्धको उपचारका लागि समाजमार्फत सहयोग जुटाउने सहयोगी प्रति संस्थाले आभार व्यक्त गरेको छ।
गोरखाली समाज समाज फ्रान्सको स्थापना कालको ८ र९ महीना भित्रमा यो पुण्डय कार्य समाजको चौथो कार्य हुन आएको छ । गतः जुलाई महिनाको शुरुमा बन भोज कार्यक्रम् गरेर आफ्नो सामाजिक क्रियाकलाप र परिचय स्थापना गरेको समाजले जुलाइकै अन्त्यमा पूर्ब प्रधान मन्त्री एबम गोरखाका सांसद डा। बाबुराम भट्टराई र गैर आबासीय नेपाली संघ अन्तर्राष्टिय अध्यक्ष गोरखाली भवन भट्टलाई पेरिसमा स्वागत गरेर अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो भने गतः आइतबार ११ नोभेम्बरका दिन पेरिसमा भब्य देऊभैली कार्यक्रम पनि उल्लासमय बाताबरणमा सम्पन्न गरेको छ ।
गोरखा जिल्लाको बिकास निर्माणमा र गोरखालीको सुख दुखमा सहयोग गर्नु र फ्रान्समा बस्ने गोरखालीलाई सक्दो सहयोग गर्नु गोरखाली समाजको प्रमुख उदेश्य रहेको छ।
वि.सं.२०७५ मंसिर ७ शुक्रवार १२:२८ मा प्रकाशित