back

पाल्पामा धान उत्पादनमा वृद्धि, ३६ हजार मेट्रिक टन उत्पादन

वि.सं.२०७५ मंसिर ७ शुक्रवार

375 

shares
IME Limited
NTC AD
७ मंसीर, बेझाड । पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो ।

जिल्लामा आठ हजार ६२० हेक्टर धानखेती क्षेत्रफलमध्ये प्रतिहेक्टर ४।२४ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार यादवले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा सोही क्षेत्रफलमा ३५ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०७३÷०७४ मा ३३ हजार ८९६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष समयमा नै धान रोपाइँ, पर्याप्त वर्षा, उन्नत जातको धानको बीउ प्रयोग, रोग किराले आक्रमण कम गर्नुजस्ता कारणले धान उत्पादन बढेको यादवल बताए। जिल्लामा कृषकले सावित्री, रामधान, सावा मन्सुली, सुक्खा, खुमल चार, उन्नततर्फ यएस ३१२, युएस ३८२ जातको धान लगाउँदै आएका छन् ।

जिल्लाको रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, दोभानलगायतका क्षेत्रमा धान उत्पादनका लागि मुख्य पकेट क्षेत्र मानिन्छ । जिल्लामा उत्पादन भएको धानले यहाँ खान पुग्ने अवस्था कमै रहेकाले छिमेकी जिल्ला रुपन्देहीबाट धान आयात हुने गर्दछ । जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाकाँडा भू–भाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा लगाइने गरिन्छ । यस जिल्लामा उत्पादन भएको धानले खान नपुगे पनि अन्य बाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा कृषक आत्मनिर्भर बनेका छन् ।

वि.सं.२०७५ मंसिर ७ शुक्रवार १२:४२ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...