back

अमेरिकामा पार्टीको कृयाशिल सदस्यता वितरण

वि.सं.२०७५ मंसिर ७ शुक्रवार

354 

shares
IME Limited
NTC AD

दुर्गा भण्डारी, न्यूयोर्क। यही नोभेम्बर १७ तारिख २०१८ का दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेस पार्टीबाट प्राप्त कृयाशिल सदस्यता एक भव्य कार्यक्रमको आयोजना गरी वितरण गरेको छ ।

नेकाका आमन्त्रित केन्द्रीय सदस्य एवं नेजस अमेरिकाका सभापति आनन्द बिष्टको प्रमुख आथित्य र महासचिव मुनिन्द्र नेम्बाङको बिशेष उपस्थितीमा वितरण गरिएको उक्त कार्यक्रममा कृयाशिल सदस्यता लिने सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो । नेका सोलुका युवा नेता एवं प्रदेश सभाका प्रत्यासी प्रकास सिंह कार्की, सिन्धुपाल्चोकका महासमिति सदस्य जिमी लामा ह्योल्मो र ललितपुर जिल्ला महिलासंधका उपसभापति भगवती शर्मा समेतको बिश्ष उपस्थिति रहेको सो कार्यक्रम न्यूयोर्क शहरको स्थानीय ज्याक्सन हाईटमा आयोजना गरेको थियो ।

वितरण गर्न बाँकी रहेको कृयाशील सदस्यता च्याप्टरका उपसभापति अमर तामाङ, महासचिव महेश मल्ल र सचिव अनिल पाण्डेको जिम्मामा रहेको कुरा च्याप्टरका सभापति रोशन ढुंगानाले सामाजिक सन्जालमार्फत आभार प्रकटको क्रममा सबैलाई जानकारी गराएका थिए ।

साथै नोभेम्बर १८ तारिखका दिन सोही स्थानमा न्यूयोर्क च्याप्टर कै आयोजनामा नेपाली काँग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य युवा नेता विज्ञ श्री जिमी लामा ह्योल्मो” द्घारा संघीय प्रणाली, विधायी प्रणाली र सार्वजनिक नीतिका बारेमा” एक अन्तरक्रिया एवं छलफल कार्यक्रम समेत गरी छुट्टै ढाँचाको कार्यक्रम समेत च्याप्टरले सम्पन्न गरेको थियो ।

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाको उपसभापति अमर तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त कृयाशिल सदस्यता वितरण कार्यक्रमको संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य सचिव अनिल पाण्डेले गरेका थिए ।

अमेरिकामा लगभग सातसय पचास संख्यामा कृयाशिल सदस्यता छन्। पार्टीबाट अनुमोदित भएर आएको कृयाशिल सदस्यता सबै च्याप्टरहरूमा पठाई सकेको र छुटेको कृयाशिल सदस्यतालाई चाँडो पार्टीमा सम्पर्क गरी त्यसको समाधान गर्ने कुरा नेतृत्वले बताएको छ ।

वि.सं.२०७५ मंसिर ७ शुक्रवार १७:५७ मा प्रकाशित

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

काठमाडौँ । इजरायलको तेल अविवस्थित नेपाली दूतावासमा नेपालीको उद्धारका लागि...

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...