back

प्रसूति सेवाकेन्द्र सञ्चालन नहुँदा घरमै बच्चा जन्माउन बाध्य

वि.सं.२०७५ मंसिर ९ आइतवार

402 

shares
IME Limited
NTC AD

९ मङ्सिर, खजुरा ।  नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनामा ५७ महिला घरमै सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७४र०७५ मा १५० महिला सुत्केरी भएका थिए ।

पुरैना स्वास्थ्य चौकीदेखि भेरी अञ्चल अस्पतालको दूरी करीब चार किलोमिटर मात्र छ । चौकीले बर्थिङ सेन्टर९प्रसूति सेवाकेन्द्र०का लागि भवन बनाएको छ, तर बाटो नहुँदा सञ्चालन गर्न सकेको छैन । “हामी भेरी अञ्चल अस्पतालमा सिफारिश गर्छौँ, अस्पताल जानुको साटो स्थानीय घरमै बच्चा जन्माउँछन”, चौकी प्रमुख नन्दा सेनले भने–, “आफ्नै टोलमा प्रसूति सेवाकेन्द्र प्रयोग हुँदा सबैलाई दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउन सकिन्थ्यो ।”

यो समस्या मधेसी समुदायमा बढी देखिएको छ । उपमहानगरमा रहेका ११ वटा स्वास्थ्य चौकीमध्ये मनिकापुर, पुरैनी, उदयपुर र जैसपुरमा मात्र प्रसूति सेवाकेन्द्र छ ।
उपमहानगरमा नगर स्वास्थ्यकेन्द्र सात वटा छन् । तिनमा कुनै पनि प्रसूति सेवाकेन्द्र छैनन् । भवनीयापुरमा भने प्रसुति सेवाकेन्द्र भए पनि दक्ष प्रसूतिकर्मीको अभावमा सञ्चालन हुन नसकेको उपमहानगर स्वास्थ्य शाखाका हरिहर तिवारीले बताए ।

उपमहानगर स्वास्थ्य शाखाका अनुसार गत वर्ष तीन हजार ६४६ जनाले प्रसूति सेवा लिएकोमा १५ जनाले मात्र घरमै बच्चा जन्माएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार आव ०७४र७५ मा उपयुक्त स्वास्थ्यसेवाको अभावमा अभावमा १२ महिलाले ज्यान गुमाएका थिए । तीमध्ये ८ जनाको प्रसूतिकै क्रममा मृत्यु भयो । तीन जनाको गर्भवती अवस्थामै ज्यान गएको थियो ।
बाँके युनेस्को क्लबका नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम अधिकृत रोशन थापा नगरभित्रै प्रसूति सेवाकेन्द्र नहुँदा सर्वसाधारण घरमै प्रसूति गराउन बाध्य भएको बताए । प्रसूति सेवाकेन्द्र तथा स्वास्थ्य संस्थाको सेवा सुधारका लागि युनेस्कोले पनि सहयोग गरेको छ ।
सेवा पाएरनपाएको बारे जिल्ला जनस्वास्थ्य कार्यालय सम्मिलित टोलीले अनुगमन गर्छ । ‘नगरभित्रै कूल प्रसूतिको चार भागमध्ये एक चौथाइले घरमै प्रसूति गराउँछन् । भेरी अञ्चल अस्पतालमा चाप भएर पनि कतिले बाध्य भएर घरमै बच्चा जन्माउने गरेका छन ।

सुविधासम्पन्न अस्पताल भएको उपमहानगरको बुलबुलिया र मनिकापुर क्षेत्रमा दुई जना मात्र प्रसूतिकर्मी छन् । यी घटनाक्रमले पनि जिल्लामा सुरक्षित प्रसूतिबारे जनचेतनाको अभाव देखिन्छ । सरकारले गर्भ रहेको चार, छ, आठ र अन्तिम पटक गरी चार पटक गर्भवती जाँच गर्न अनिवार्य गरेको छ । यसरी नियमित गर्भ जाँच गराउने महिलाले यो आर्थिक वर्षदेखि रु ८०० भत्ता पाउनेछन् ।
जिल्लामा आधाभन्दा बढी गर्भवती महिलाले नियमित गर्भ परीक्षण नै गर्दैनन् । जिल्ला जनस्वास्थ्य कार्यालयको आव ०७४र०७५ को तथ्याङ्कमा १२ हजार ९४५ महिलाले पहिलो पटक गर्भ जाँच गराएको देखिन्छ । नियमानुसार चार पटक गर्भ जाँच गराउने महिलाको सङ्ख्या झन्डै आधा मात्र अर्थात ६ हजार ३८२ रहेको छ । चौथो तथा अन्तिम पटक गर्भ जाँच गराउनेको सङ्ख्या भने आठ हजार ७७५ पुगेको थियो ।

वि.सं.२०७५ मंसिर ९ आइतवार १४:१४ मा प्रकाशित

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशन सम्पन्न...

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

किएभ । उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच...

‘लालीबजार’ मा स्वस्तिमा

‘लालीबजार’ मा स्वस्तिमा

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण...

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट...

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा...

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा...