back

डा. केसीसँगको सम्झौतामाथि शङ्का नगर्न मन्त्रीको स्पष्टोक्ति

वि.सं.२०७५ मंसिर ९ आइतवार

501 

shares

९ मंसीर, काठमाडौँ । शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीबीच पछिल्लो पटक सम्पन्न सम्झौता सकारात्मक रुपमा अघि बढ्ने बताएका छन् ।

सिंहदरबारमा सङ्घीय संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक भैरवबहादुर विष्टको संयोजकत्वमा बसेको बैठकमा अधिकांश सांसदले सरकार र डा केसीबीचको सम्झौता अक्षरशः लागू हुने या नहुने भन्ने विषयमा सम्बन्धित मन्त्रीको ध्यानार्कषण गरेपछि बैठकमा मन्त्री पाखरेलले सो कुरा बताएका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा छलफल गर्न गठित उपसमितिको आजको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले डा केसीसँगको सम्झौता कार्यान्वयन हुन्न भन्ने नकारात्मक हल्लाको पछाडि नलाग्न सांसदहरुलाई आग्रह गरे ।

सरकार र डा केसीबीच पछिल्लोपटक साउन १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिबीच बालुवाटारमा नौँ बुँदे सम्झौता भएको थियो । समझदारीअनुसार १० वर्षसम्म काठमाडौँमा नयाँ मेडिकल कलेज स्थापना गर्न नपाइने, सङ्घीय संसद्मा पेस भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ अक्षरशः लागू गर्नुपर्ने भन्ने विषयमा सम्झौता भएको हो ।

राष्ट्रिय चिकित्सा विधेयक २०७५ का सम्बन्धमा अहिले सम्बन्धित समिति तथा उपसमितिमा दफाबार छलफल भइरहेको छ । आज विधेयकको दफा १६ सम्मको छलफल सम्पन्न भएको छ ।

आजको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडू, कृष्णप्रसाद दाहाल, देवप्रसाद गुरुङ, गङ्गा चौधरी, दिलबहादुर महत, रेखा शर्मा, रामबहादुर विष्ट, मैनाकुमारी भण्डारी, यशोदा गुरुङ सुवेदी, पुष्पाकुमारी कर्ण, रेखा झा, प्रेम सुवालले दफावार छलफलमा भाग लिएका थिए । उपसमितिको अर्को बैठक (भोलि)सोमबार ११ बजे सिंहदरबारमा बस्नेभएको छ ।

वि.सं.२०७५ मंसिर ९ आइतवार १५:५१ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

देवदह (रुपन्देही) । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र...

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

  काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्...

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...