back

छाडा चौपायाको व्यवस्थापन गर्न गौशाला बनाइने

वि.सं.२०७५ मंसिर ९ आइतवार

570 

shares

९ मंसीर, काठमाडौँ । ललितपुरका किसानले थारा, बूढी गाई र बहरबाट दूध प्राप्त नहुने भएपछि त्यसको उचित व्यवस्थापनमा सहजीकरण गरिदिन कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनाललाई आग्रह गरेका छन् ।

नेपाल पाराभेटेनरी एण्ड लाइभस्टक एशोसिएसनको २९ औँ स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री खनाललाई आज सो आग्रह गरिएको हो । कार्यक्रममा मन्त्री खनालले किसानको गुनासो उचित भएको बताउँदै उक्त चौपायाबाट प्राङ्गारिक मल प्राप्त हुने भएकाले गौशालाको निर्माण गरी व्यवस्थापन गर्ने सोचाइमा सरकार रहेको बताए । उनले राष्ट्रको प्राथमिकतामा कृषि र पशुपालन प्रमुख आधार रहेको जानकारी दिए ।

नेपालको संविधानले गाईलाई मासुका रुपमा प्रयोग गर्न निषेध गरेको छ । गौशाला निर्माण गर्नु नै उचित व्यवस्थापनको विकल्प रहेको बताइन्छ ।

वि.सं.२०७५ मंसिर ९ आइतवार १७:३४ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...