back

कतारबाट फर्केर तरकारी खेती, बार्षिक क सात लाख आम्दानी गर्छन् राई

वि.सं.२०७५ मंसिर ९ आइतवार

675 

shares

 

फाइल:फोटो

९ मंसीर, भोजपुर । भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् ।

व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जीतकुमार राईले निकै राम्रो आम्दानी गरिहेको छ । वैदेशिक रोजगारीको लागि साढे पाँच वर्ष कतारमा बिताएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा लागेर उदाहरणीय पात्रसमेत बनेका छन् । कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको बताउने राईले अहिले भने तरकारीखेतीबाट वार्षिक रु छदेखि सात लाखसम्म आम्दानी लिने गरेको बताउँछन् ।

राई भन्छन्, “कतारको तातो घाम करीब छ वर्ष बिताएँ, तर खासै कमाउन सकिन, अहिले यही तरकारीखेतीमा लागेर वार्षिक रु सात लाखसम्म आम्दानी गरिहेको छु ।” राईले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । उनले मौसमअनुसार काउली, बन्दा, गोलभेंडा, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहेका छन् ।

बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्री वितरणमा समस्या हुने गरेको उहाँको दुःखेसो छ । राईले भने, “बजारको राम्रो व्यावस्था नुहँदा भने निकै समस्या छ, हाम्रो बजारको माग करीब २०० किलो छ, मैले बढी उत्पादन गर्दा बिक्री वितरणमा भने समस्या हुन्छ, बजारको व्यवस्थामा सरकारले ध्यान दिए म जस्ता कृषकलाई सहज हुने थियो ।”

जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी गएर आएपछि धेरै युवाले यस्तो खालको पेशा अँगाल्ने गरेका छन् र उनीहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउविजन नपाउँदा भने निकै समस्या हुने गरेको उहाँहरूको कथन छ ।

सात उद्योगी सम्मानित

भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतबार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिरहेका उद्योगीलाई सम्मान गरिएको हो ।

दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योगतर्फ बुद्धराज शाक्य, सूर्यबहादुर शाक्य, नारायण उदास, रोशन शाक्य, उर्मिला औजार उद्योगकी उर्मिला श्रेष्ठ, रञ्जिता खुकुरी उद्योगका गणेश विश्वकर्मा र भेजबहादुर खुकुरी उद्योगका भेजबहादुर विश्वकर्मालाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ ।

दिवसको अवसरमा बोल्दै प्रदेश नं १ का प्रदेश प्रमुख सचिव केदार न्यौपानेले आवश्यक पर्ने कच्चा पदार्थ र युवालाई सीप सिक्नका लागि तालीम आयोजना गर्नका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले जिल्लाका उद्योग र उद्योगीका समस्या पहिचान गरी प्रदेश सरकारले यसतर्फ गम्भीर भएर लाग्नुपर्ने बताएका थिए । त्यस्तै उत्पादित वस्तु तथा सेवाको बजार र बजारीकरणमा समस्या भएकाले बजारको व्यवस्था गर्नुपर्ने सहभागीले बताएका थिए ।

वि.सं.२०७५ मंसिर ९ आइतवार १७:४० मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...