१० मंसीर, काठमाडौं । मुलुकमा १ लाख ५६ हजार युवायुवती लागू औषध दुव्र्यवसनको जालोमा फसेका छन् । यो जनसंख्याको शून्य दशमलब ५५ प्रतिशत हो ।
सरकारी तथा गैरसकारी निकायकले लागू औषध दुव्र्यवसन विरुद्ध विभिन्द चेतनामूलक कार्यक्रम संञ्चालन गर्दै आएपनि त्यो प्रभावकारी भएको देखिदैन । गृहमन्त्रालयका अनुसार विभिन्न गैरसरकारी संस्थाले लागू औषध दुव्र्यवसन विरुद्ध अभियान सञ्चालन गर्न बार्षिक करोडौं रुपैयाँ खर्चने गरेको समाचार आजको राजधानी दैनिकमा समाचार छ ।
लागू औषध दुव्र्यवसनीको सबैभन्दा ठूलो मारमा काठमाडौं उपत्यकाका युवायुवती पर्ने गरेको गृहमन्त्रालयको अध्ययनले देखाएको छ । काठमाडौंमा लागू औषध दुव्र्यवसन र विक्रि वितरणको आरोपमा दैनिकजसो आधा दर्जनौ बढी युवायुवती पक्राउ पर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लागूऔषध दुव्र्यवसनमा काठमाडौं पहिलो, धरान दोश्रो र पोखरा तेश्रो रहेको छ ।
वि.सं.२०७५ मंसिर १० सोमवार ०८:०४ मा प्रकाशित