back

तीन महिनामा नेपालको व्यापार घाटा रु तीन खर्ब ४९ अर्ब बढी

वि.सं.२०७५ मंसिर १० सोमवार

345 

shares
IME Limited
NTC AD

१० मंसीर, काठमाडौँ । चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा रु तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कूल वस्तु व्यापार घाटा ४५.९ प्रतिशतले वृद्धि भएको उल्लेख छ । समीक्षा अवधिमा निर्यातआयात अनुपात ६ दशमलव ४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ दशमलव ९ प्रतिशत थियो ।

चालू आवको तीन महीनामा कूल वस्तु निर्यात १६ दशमलव १ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो ।

भारततर्फ २०.२ प्रतिशत, चीनतर्फ १४.४ प्रतिशत र अन्य मुलुकतर्फ ११.२ प्रतिशतले निर्यात वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । वस्तुगत आधारमा पोलिस्टर, जस्तापाता, ऊनी गलैँचा, पश्मिना, दन्तमञ्जनलगायतका वस्तुको निर्यात बढेको छ । अलैँची, रोजिन, छाला, जिआइ पाइप, अल्मुनियमलगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु आयात ४३ दशमलव ६ प्रतिशतले बढेर रु तीन खर्ब ७३ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दशमलव ९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४० दशमलव ८ प्रतिशत, चीनबाट भएको आयात ४५ दशमलव ९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५० दशमलव ५ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूर्जा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ । दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, टेलिभिजन तथा पार्टपूर्जा, स्वास्थ्यसम्बन्धी उपकरण तथा औजारलगायतका वस्तुको आयात घटेको छ ।

सुक्खा बन्दरगाहा भन्सार कार्यालय, नेपालगञ्ज, कृष्णनगर, कैलाली भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ । अन्य भन्सार नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।

आयाततर्फ समीक्षा अवधिमा कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा ह्रास आएको छ भने अन्य नाकाबाट भएको आयात वृद्धि भएको छ । समीक्षा अवधिमा खुद सेवा आय रु १९ अर्ब ८१ करोडले घाटामा गएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु छ अर्ब १३ करोड थियो । सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ५.६ प्रतिशतले वृद्धि भई रु १५ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

दुई खर्ब ४२ अर्ब विप्रेषण

चालू आवको तीन महीनामा रु दुई खर्ब ४२ अर्ब बराबरको विप्रेषण आप्रवाह भएको छ । बैंकका अनुसार विप्रेषण आप्रवाह ३७ दशमलव ३ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६ दशमलव ६ प्रतिशतले बढेको थियो ।

खुद ट्रान्सफर आय ३३ दशमलव ४ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ७० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ दशमलव ३ प्रतिशतले बढेको थियो ।

विदेश जाने घटे

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३६ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २ दशमलव ६ प्रतिशतले घटेको थियो ।

सो अवधिमा मलेसिया जाने नेपालीको सङ्ख्या उल्लेख्यमात्रामा घटेको छ । चालू खाता एवं शोधनान्तर स्थिति समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु ८१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु २५ अर्ब ५२ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८२ लाख रहेको चालू खाता घाटा समीक्षा अवधिमा रु ७१ करोड ६९ लाख पुगेको छ ।

शोधनान्तर खाता रु ३५ अर्ब ४२ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर खाता रु चार अर्ब २७ करोडले बचतमा थियो ।

विदेशी विनिमय सञ्चिति बढ्यो

बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु ११ खर्ब दुई अर्ब ५९ करोडबाट १ दशमलव ७ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रु ११ खर्ब २० अर्ब ९२ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ५.२ प्रतिशतले कमी आई गत असोज मसान्तमा ९ अर्ब ५६ करोड रहेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु नौ खर्ब ८९ अर्ब ४० करोडको तुलनामा गत असोज मसान्तमा रु २४ करोडले वृद्धि भई रु नौ खर्ब ८९ अर्ब ६४ करोड रहेको छ ।

चालू आवको तीन महीनामा कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव २ प्रतिशत छ । सञ्चिति पर्याप्तता सूचक आर्थिक वर्ष २०७५÷७६ को पहिलो तीन महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९ दशमलव २ महीनाको वस्तु आयात र ७ दशमलव ९ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

वि.सं.२०७५ मंसिर १० सोमवार ०८:४५ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...