
१० मंसिर काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमलेसाथ दिएका छन् । बालुवाटारमा बिहिबार देखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् ।
गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटिको बैठक बोलाउन र पोलिटब्युरो गठन पछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णुप्रसाद पौडेल मार्फत अध्यक्षद्धय केपी शमाी ओली र पुष्पकमल दाहाललाई ज्ञानपत्र बुझाएका थिए ।
सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएकोमाग पन्छाउदै पहिले पोलिटब्युरो गठन कि केन्द्रीय सदस्यको कार्य विभाजन भन्नेमा शीर्ष नेताहरुबिच छलफल भएको थियो । त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनुपर्ने अडान राखेका थिए ।
सचिवालय बैठकमा उनीहरुको विषयलाई पार्टी अध्यक्षद्धयले उठाउनै नेता गोतमले सचिवालयकै बैठकमा छलफल गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ । आजको नागरिक दैनिक समाचारमा लेखिएको छ ।
वि.सं.२०७५ मंसिर १० सोमवार ०९:०२ मा प्रकाशित