back

हिन्दू मन्दिर निर्माणको माग गर्दै अयोध्यामा दशौँ हजारको प्रदर्शन

वि.सं.२०७५ मंसिर १० सोमवार

327 

shares
IME Limited
NTC AD

१० मङ्सिर, अयोध्या, भारत ।भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचीन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्मावलम्बीले आइतबार उक्त पवित्र भूमिमा प्रदर्शन गरेका छन् ।

केशरी रङको कपडा लगाएका प्रदर्शनकारीमध्ये केहीले हातमा खड्गसमेत लिएर प्रदर्शनमा सहभागिता जनाएका थिए । उनीहरूले भगवान रामको प्रशंसा गर्दै उत्तर प्रदेशको अयोध्या शहरका विभिन्न भागको परिक्रमा गरेका थिए ।

कट्टरवादी हिन्दू समूहहरूले उक्त स्थान हिन्दूहरूका आस्थाका केन्द्र भगवान रामको भएको र त्यहाँ उहाँको विशाल मन्दिर स्थापना गर्नुपर्ने आवाज उठाएका थिए ।

आयोजकले अयोध्या र भारतीय अन्य दुई शहरमा हुने प्रदर्शनमा तीन लाखको सहभागिता भएको दाबी गरेको छ । अयोध्यामा भएको प्रदर्शनमा सहभागी हुन शनिबार र आइतबार दिउँसोसम्म पहेँलो वस्त्रधारी हिन्दू धर्मप्रति शुभेच्छा राख्ने भारतीयहरू ठूलो सङ्ख्यामा गाडीमा आइरहेको देख्न सकिन्थ्यो ।

प्रदर्शनमा हुनसक्ने सम्भावित अवाञ्छित क्रियाकलापलाई रोक्न भन्दै उक्त शहरमा अयोध्या बाहिरबाट थप पाँच हजार सुरक्षाकर्मीलाई तैनाद गरिएको थियो ।

हिन्दूहरूले उक्त स्थान भगवान रामको जन्मस्थान रहेको बताउने गर्छन् । उक्त स्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० वर्षपहिले (मध्यकालीन समयमा) मस्जिद निर्माण गरिएको दाबी कतिपय भारतीय हिन्दू धर्मावलम्बीले बताउने गर्छन् ।

बाबरी मस्जिद भत्काएर सन् १९९२ मा मन्दिरको निर्माण गर्ने प्रयासमा भएका झडपमा अधिकांश मुसलमानसहित दुई हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । उक्त स्थान भारतीय हिन्दू र अल्पसङ्ख्यक मुसलमानबीचको द्वन्द्वको कारण बन्दै आएको छ ।

वि.सं.२०७५ मंसिर १० सोमवार ०९:२१ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

जेनेभा । विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको सङ्ख्या...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

न्युयोर्कमा आप्रवासीमाथि आक्रमणको विरोधमा हजारौँको विरोध प्रदर्शन

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिहरूको विरोधमा मङ्गलबार...

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

खार्किभ, युक्रेन । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान...

इरानले सन् २०२२ को प्रदर्शनका आरोपमा एक जनालाई मृत्युदण्ड सजाय सुनायो

इरानले सन् २०२२ को प्रदर्शनका आरोपमा एक जनालाई मृत्युदण्ड सजाय सुनायो

तेहरान । इरानले एक पुरुषलाई सन् २०२२ मा भएको राष्ट्रव्यापी...