back

आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा फेला

वि.सं.२०७५ मंसिर १० सोमवार

366 

shares
IME Limited
NTC AD

१० मङ्सिर, भद्रपुर ।  झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पु¥याएको छ ।

आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा सुप्रिया खनाल र चार महिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको थियो ।

आज बिहान चारै जनाको जलेको शवको अवशेष सङ्कलन गरेर भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

झापा क्षेत्र नं ४ का सङ्घीय सांसद एलपी साँवा, प्रदेश सांसद झलकसिंह दर्लामी, नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाम्सुहाङलगायतको सरकारी टोली आज बिहान घटनास्थल पुगेको थियो ।

घटनास्थलमा भेटिनुभएका सङ्घीय सांसद साँवाले घटनाबाट आफू स्तब्ध भएको बताए । प्रदेश सांसद झलकसिंह दर्लामीले राति एक्कासी घरमा चारैतिरबाट आगो फैलिएपछि छिमेकीले थाहा पाएको र गौरादहबाट आएको दमकलले आगो निभाएपछि मात्र एउटै खाटमा चार जनाको शवको अवशेष भेटिएको जानकारी दिए ।

खाना खाएर सुतिसकेपछि घरमा एक्कासी आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको स्थानीय दुर्गा नेम्वाङले बताए । स्थानीयवासीले राति नै प्रहरी र दमकललाई खबर गरेका थिए । गौरादहबाट १५ मिनटभित्रै आएको दमकलले आगो नियन्त्रण गरेको थियो ।

उनका अनुसार घरमूली लक्ष्मण खनाल राति ९ बजेसम्म खेतमा ट्र्याक्टर जोतेर घर आएको र खाना खाएर परिवारसँगै सुतेको अवस्थामा आगलागी भएको थियो ।

मृतक खनाल आफ्नै ट्र्याक्टर चलाउथे । घर अगाडि धान दाउनी गर्ने थ्रेसर मेसिन राखिएको थियो । आगलागीमा घर पूरै जलेको छ भने थ्रेसर आंशिकरूपमा जलेको छ । प्रहरीले घरका सबै सदस्यको मृत्यु भएको र छिमेकीले आगो फैलिइसकेपछि मात्र थाहा पाएको हुँदा आगलागी कसरी भयो भन्ने तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले बताए । उनले घटनाको अनुसन्धान भइरहेकोसमेत बताए ।

आगलागीमा विष्फोट भएको ग्यास सिलिन्डरको टुक्रा उछिट्टिएर छिमेकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते हुनुभएको छ । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ ।

वि.सं.२०७५ मंसिर १० सोमवार १२:४९ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...