back

जहाज खरीदमा अनियमितता गर्नेलाई मन्त्री अधिकारीले कारबाही गर्ने

वि.सं.२०७५ मंसिर १० सोमवार

411 

shares
IME Limited
NTC AD

१० मंसीर, चिप्लेढु्ङ्गा । संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताएका छन् ।
मन्त्री अधिकारीले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र विनियोजित रकम आज पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै वाइड बडी विमान खरीद प्रक्रियामा दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पारेका थिए । उनले भने, “यस विषयमा सार्वजनिक लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जो कोही पनि उम्कन पाउँदैनन्, कारबाहीको दायरामा आउँछन् ।”
मन्त्री अधिकारीले सत्यभन्दा बाहिर गएर हल्लाले नेपाल एयरलाइन्सलाई असफल पार्ने षड्यन्त्र हुन सक्ने आशङ्का व्यक्त गर्दैे एयरलाइन्सलाई प्रभावकारी बनाउन जस्तोसुकै कदम चाल्न पनि मन्त्रालय तयार रहेको बताए ।
सो कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा रु चार करोडका योजना सार्वजनिक गरिएको थियो । सडक पूर्वाधारमा रु दुई करोड ३५ लाख, खानेपानीमा रु ७० लाख, कुलो, ढल र पक्की पुलमा रु ५० लाख, भवनमा रु २० लाख तथा खेलमैदान र उद्यानमा रु २५ लाख विनियोजन गरिएको अधिकारीले जानकारी दिए । मन्त्री अधिकारीले आजै निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षणसमेत गरेका थिए ।

उनीसँग नयाँ शक्ति पार्टी निकट विद्यार्थीले वाइड बडी जहाज खरीदसम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सिर्जना चोकमा प्रदर्शन गरेका थिए । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख ओम रानाले जानकारी दिए ।

वि.सं.२०७५ मंसिर १० सोमवार १८:१५ मा प्रकाशित

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा...

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...