back

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

वि.सं.२०७५ मंसिर १० सोमवार

225 

shares
NTC AD
१० मंसीर, काठमाडौँ । एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ ।

बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । विकास सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैङ्कका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव डा राजन खनालले हस्ताक्षर गरेका थिए ।

साकेस शहरी खानेपानी तथा सरसफाई परियोजनाअन्तर्गत २० वटा नगरपालिकामा खानेपानी तथा सरसफाईसम्बन्धी पूर्वाधर सुधार गर्ने र खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने संस्था तथा समुदायको क्षमता अभिवृद्धि गरिनेछ । साकेस ऊर्जा प्रणाली विस्तार परियोजनाअन्तर्गत ऊर्जा प्रशारण क्षमता अभिवृद्धि, वितरण प्रणालीको सुधार, केन्द्रीय प्रशारण लाइन नपुगेका क्षेत्रमा मिनी ग्रीडमा आधारित नवीकणीय ऊर्जा प्रणालीको अभिवृद्धि, नेपाल विद्युत् प्राधिकरण र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षमता विकास गरिनेछ । नेपालको पूर्वाधारलगायत आर्थिक¬–सामाजिक क्षेत्रको विकासका निम्ति बैङ्कले विगतदेखि गरिरहेको सहयोगको यो निरन्तरता हो ।

वि.सं.२०७५ मंसिर १० सोमवार १८:२० मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...