back

गाई छाड्दा हिरासतको बास

वि.सं.२०७५ मंसिर ११ मंगलवार

381 

shares
IME Limited
NTC AD

११ मंसिर काठमाडौ ।सडकमा गाई छोड्दा गाई धनी प्रहरीको हिरासतमा पुगेको भन्ने सुन्दा अचम्म लाग्ला । तर,राजधानीमा यस्तै एउटा घटना भएको छ । सडकमा बेवारिसे अवस्थामा गाई छाडेका कारण गाई धनी प्रहरीको हिरासतमा पुगेका छन् ।

गत १२ कात्तिकमा ललितपुरमहानगरपालिका -२३ धापाखेलमा भेटिएको घाइते गाईलाई ललितपुर महानगरपालिका २१ माथिल्लो खोकनामा रहेको स्नेहाज केयर सेन्टरले रेरक्यु गरेर उपचार थालेपछि गाईधनी प्रहरी हिरासतमा पुगेका हुन् ।

इन्स्योरेन्स समेत गरिएको सो गाई इन्स्योरेन्स गरेको व्यक्तिबाट दोस्रो व्यक्ति हुदै बिक्री गरेर तेस्रो व्यक्तिसम्म पुगेको प्रहरीले फेला पार्यो । प्रहरीले इन्स्योरेन्स ट्यागकै आधारमा गाई धनीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटो बोलायो ।

बयानका क्रममा गाई किन्ने तेस्रो व्यक्ति ललितपुर महानगरपालीका -१५ धापाखेलका केदार घिमिरेले आफुले दुघ दिन छोडेपछि घाइते अवस्थामा रहेको गाईलाई सडकमा छाडेको बयान दिएपछि प्रहरीले उनलाई नयाँ मुलुकी अपराध संहिनताअनुसार पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखेको हो । घिमिरेले प्रहरीसमक्ष आफुले गाई किनेको तीन महिनापछि दुध दिन छाडेको र बिरामी भएपछि सडकमा छाडेको बयान दिएका थिए । आजको राजधानी दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर ११ मंगलवार ०७:५२ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...