back

श्रम स्वीकृति लिन गएकी सरोजाले किन यसरी रुनुपर्यो ?

वि.सं.२०७५ मंसिर ११ मंगलवार

375 

shares
IME Limited
NTC AD

११ मंसीर, काठमाडौ । श्रममन्त्री तथा रोजगार मन्त्री गोकर्ण विष्टका कारण एक चेलीले रुनु परेको छ ।
चारवर्ष देखि दुवईमा काम गदै आएकी इलामकी सरोजा १५ दिन अघि घर आएकी थिइन् । उनी यहाँ बस्दा बस्दै बैदेशिक रोजगार विभागले नयाँ नियम ल्यायो ।
कात्तिक २७ गते जारी नयाँ सूचनामा भनिएको छ, ‘ बैदेशि रोजगारमा पठाउँदा सम्बन्धित नेपाली नियोगबाट प्रमाणित भई आएपछि मात्रै बैदेशिक रोजगार ऐन २०६४’ बमोजिम श्रम स्वीकृति प्रदान गरिने भएको हुँदा सोहि बमोजिम कागजात पेस गर्नु÷गराउनु हुन सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
विभागको नयाँ नियम थाहा पाउने वित्तिकै सरोजा आत्तिदै श्रम कार्यालय पुगिन् । आइतबार राति साढे ११ बजे उनको फ्लाइट थियो । तर, लाइन देखेपछि सातो गयो । त्यसपछि सुरु भयो उनको तनाव । उनी विभागका निर्देशकको कोठा खोज्दै विभागको तेश्रो तल्ला पुगिन् । उनले त्यहाँ ढोकामा भेटिएकी कर्मचारीलाई आफ्नो समस्या पोखिन् । विभागबाट आफ्नो काम नहुने संकेत पाउने वित्तिकै उनको आँखा भरियो ।
उनी हतारिदै निर्देशक भोलानाथ गुरागाईँको कोठामा पुगिन् । भित्र मिटिङको सुरसार थियो । उनले आफ्नो समस्या फटाफट भनिन् । ‘तपाइको जस्तो समस्या दिएर आउने धेरै छन्,’ निर्देशक गुरागाईँले सहानुभुति देखाउँदै भने, ‘ यही विषयमा हामी छलफल गर्न लागेका छौं ।’
‘लौन सर आजै दुबई उडिनँ भने मेरो कम्पनीले काममा नहाउनु भनेको छ । मेरो जागिर नै जान्छ सर ।’ सरोजाले आँसु झदै भनिन् । निर्देशक गुरागाईँ मिटिङका लागि तल्लो कोठातिर हिँडे ।
आफ्नो काम नबन्ने भएपछि पीडामा परेकी सरोजाले श्रममन्त्रीको फोन नं पत्ता लगाएर सिधै फोन गरे आफ्नो राति ११ः३० बजे फ्लाइट रहेको र श्रम स्वीकृति नपाएको भनेर सबै वेलिविस्तार लगाइन् ।
‘तपाइको बारेमा ताहाचल कार्यालयमा खबर गरेर एकछिनमा फोन गर्छु’ मन्त्रीको जवाफ थियो ।
मन्त्रीको जवाफ नआएपछि फेरि फोन गरिन् सरोजाले ।
‘उता फोन लागेन् फेरि फोन गर्छु’ भन्ने जवाफ मन्त्रीको ।
तेश्रोपटक मन्त्रीले फोन गरेर भने तपाइको कम्पनी परिवर्तन भएको रहेछ त्यस विषयमा छलफल हुँदैछ । एकसाताको लागि फ्लाइट डिले गर्नुस् मन्त्रीको सुझाव थियो ।
उनले यस्तै गरेर ट्याक्सीमा मन्त्रालय, विभाग धाउँदा धाउदै साझको ४ः ३० बज्यो दिनभरी भोकै हिडिन् । तर सरोजाको पिडा कसैले बुझिदिएन । आजको अन्नपूर्णपोष्ट दैनिकबाट ।

वि.सं.२०७५ मंसिर ११ मंगलवार ०८:१४ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...