११ मंसिर काठमाडौ । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण पेन्सनको व्यवस्था सहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ । यसको औपचारिक सुरुवात सरकारले मंगलवार देखि गर्दै छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था औषधि उपचार,स्वास्थ्य तथा मातृत्व,दुर्घटना तथा अशंक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो । निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागु गरिएको हो ,श्रममन्त्री गोकर्ण बिष्टले भने,श्रमजीवी वर्ग नयाँ युगमा प्रवेश गर्नेछ ।
सामाजिक कोषबाट आजीवन पेन्सन लगायत सुबिधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नु पर्ने छ । कोषमा झन्डै १९ अर्ब ३३ करोडरुपैयाँ जम्मा भइसकेको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षाका लागि निजि र सार्वजनिक क्षेत्रका सम्पुर्ण कामदारको मासिक तलबबाट एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ । आजको कान्तिपुर दैनिक समाचारमा लेखिएको छ ।
वि.सं.२०७५ मंसिर ११ मंगलवार ०८:२९ मा प्रकाशित