११ मंसीर, पर्वत । पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दारर जवानहरुले खरीद गरेर राखेको टिभी हाकिमले चोरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको छ ।
आफूहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरीक्षकलाई सम्बोधन गरी उजुरी हालेको आजको नागरिक दैनिकमा समाचार छ ।
उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन प्रहरी निरीक्षक मधुकरजंग विष्ट, तत्कालिन लेखापाल नारायण भण्डारी र हाल पश्चिम नवलपरासी जिल्लाल् प्रहरी कार्यालयमा कार्यरत प्रमोद विक्रम केसीको मिलेमतोमा ३२ इन्चको एलसिडी टिभी चोरिएको आरोप लगाइएको छ । घटनाको छानबनि गरी दोषिलाई कारबाही गर्न उजुरीमा माग गरिएको छ ।
वि.सं.२०७५ मंसिर ११ मंगलवार ०८:३० मा प्रकाशित