११ मङ्सिर, बेरुत । सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीन दिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २०० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएका छन् ।
झडपहरूमा अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मी सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् । इस्लामिक स्टेट (आईएस) लडाकूहरूले गरेको आक्रमणमा परी उनीहरू मारिएको अनुगमनकर्ताहरूले सोमबार जानकारी दिएका छन् ।
भिडन्तका कारण अन्य ५१ जना आमनागरिक पनि मारिएको समाचारमा जनाइएको छ ।
यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सबैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरू मारिएको घटना हो ।
“आईएस लडाकूहरूद्वारा एसडीएफका सुरक्षाकर्मीहरू धेरै मारिएको सन् २०१५ पछि कै यो सबैभन्दा ठूलो घटना हो,” सिरियाली मानव अधिकारवादी समूहका प्रमुख रामी अब्देल रहमानले भने ।
उनले दिएको जानकारी अनुसार उक्त घटनाहरूमा परी ६१ जना जिहाद्दी विद्रोही पनि मारिएका छन् ।
वि.सं.२०७५ मंसिर ११ मंगलवार ०९:३१ मा प्रकाशित