back

स्वीट्जरल्याण्डमा आगलागी, छ जनाको मृत्यु

वि.सं.२०७५ मंसिर ११ मंगलवार

357 

shares
IME Limited
NTC AD

११ मङ्सिर,स्वीट्जरल्याण्ड ।  स्वीट्जरल्याण्डको पूर्वी शहर सोलोथर्नमा आइतबार राति भएकोे आगलागीमा परी कम्तीमा बालबालिकासहित छ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

आगलागी हुँदा भवनभित्र करीब २० जना रहेको बताइएको छ । “भवनमा रहेका अधिकांश व्यक्तिलाई अग्नी नियन्त्रकले सकुशल उद्धार गरेको भए पनि बालबालिकासहित छ जनालाई उद्धार गर्न सकिएन,” सोलुथर्न प्रहरीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । “उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो ।”

घटनाबारे समाचार लिन पुगेका एएफपी फोटो पत्रकारले शहरको मध्यभागमा रहेको भवन आगलागीपछि पूर्णरूपमा कालो भएको बताए । आगलागीबाट त्यहाँका बासिन्दा शोकमग्न बनेको बताउँदै तत्काल क्षतिको विवरण आउन नसकेको उनले बताए ।

प्रहरीले आगलागीका कारण नखुलेकाले अनुसन्धान शुरु गरिएको जनाएको छ । राति २ः१० बजे भवनबाट अकस्मात् धुँवा निस्केपछि स्थानीयले सुरक्षाका लागि घण्टी बजाएका थिए । सूचना पाउनासाथ एम्बुलेन्स, अग्नी नियन्त्रकलगायत दर्जनौँ उद्धारकर्मी घटनास्थल पुगेर थप क्षति हुनबाट बचाएको प्रहरीले जनाए ।

वि.सं.२०७५ मंसिर ११ मंगलवार ०९:३६ मा प्रकाशित

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान...

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

टोकियो । मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर...

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

जेरुसेलम  । दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर...

थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग

थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग

बैङ्कक । कम्बोडियाका पूर्व नेता हुन सेनसँगको फोन कलमा सार्वजनिक...

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

याङगुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार...

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजा । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र...