back

पत्रकार सम्मेलनमा उपहार, नगद नलिनरनदिन आह्वान

वि.सं.२०७५ मंसिर ११ मंगलवार

459 

shares
IME Limited
NTC AD

११ मंसीर, बनियानी । नेपाल पत्रकार महासङ्घ, झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ ।
महासङ्घ झापा शाखाको सोमबार बिर्तामोडस्थित कार्यालयमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक भएको र यसले विकृत रूप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो । बैठकपछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गर्नुभएको विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्चले समाचार नै नहुने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएको उल्लेख छ ।
महासङ्घ झापाले पत्रकारिता स्वच्छ, मर्यादित, स्वतन्त्र र व्यावसायिक बनाउने जिम्मेवारी नागरिक समाज, सङ्घ, संस्था, सरकारी निकाय सबैको साझा भएकाले पत्रकार सम्मेलन आयोजना गर्दा वा समाचार प्रसारणका लागि कुनै उपहार, खर्च वा भत्ता वितरण नगर्न आह्वान गरेको हो ।
विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ र नेपाल पत्रकार महासङ्घ झापाको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न गराउन पत्रकार महासङ्घका सदस्यलाई आह्वान गर्दै सहयोगका लागि नागरिक समाजलाई अनुरोध गरिएको छ ।
पाँच पत्रकारलाई आर्थिक सहयोग
सोही बैठकले झापाका पाँच पत्रकारलाई उपचार सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ । पत्रकार सहारा उपचार कोष सञ्चालक समितिको पहिलो बैठकबाट निर्णय भई सिफारिश भएका मिर्गौला रोगबाट पीडित पत्रकार अमृतलाल श्रेष्ठ र माया पकुवाल, क्यान्सर रोगबाट पीडित पत्रकार शुभद्रा खड्का अधिकारी, दुर्घटनाबाट घाइते धर्मेन्द्र भट्टराईलाई जनही रु २० हजार र पत्थरी रोगको उपचारका लागि वेदप्रकाश हुमागाईंलाई रु सात हजार प्रदान गर्ने निर्णय भएको हो ।
पत्रकार महासङ्घ झापा शाखाले कोष स्थापनापछि पत्रकारलाई पहिलोपटक संस्थागत सहयोग प्रदान गरेको हो ।

वि.सं.२०७५ मंसिर ११ मंगलवार १५:०८ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...