back

हराएका बस्नेतको दश वर्षपछि मुत्यु भएको खबर आयो

वि.सं.२०७५ मंसिर ११ मंगलवार

360 

shares
IME Limited
NTC AD

११ मंसीर, बागलुङ । रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहेकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् ।

रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् जीतबहादुरले गरेको टेलिफोन कुराकानी नै उनको लागि अन्तिम आवाज बन्न पुग्यो । चाँडै फर्कने वाचा गर्दै निस्कीएका बस्नेत अब कहिल्यै घर फर्कने छैनन् । बुबाको साथ र स्नेहसाथ बाँच्ने छोरी चीना र छोरा रामको सपना चकनाचुर बनेको छ । रोगले थलिएका ९१ वर्षीय बुबा कर्णबहादुरमाथि अर्को चोट थपिएको छ । गलकोट नगरपालिका–१० मल्मस्थित परिवार र आफन्तजन शोकमा डुबेका छन् ।

दश वर्षदेखि हराएका बस्नेतको मृत्युको खबरले सिङ्गो गाउँ पनि चिन्तित छ । दिल्लीसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारजन थकित र निराश थिए । एकाएक दिल्लीस्थित नेपाली दूतावासबाट मुत्युको खबर आएपछि आश्चर्यमा परिएको दाइ गिनबहादुरले बताए ।

दूतावासले गत कात्तिक १६ गते ९२ नोभेम्बर० मा ५० वर्षीय जीतबहादुरको मृत्यु भएको जानकारीसहित शव बुझ्नको लागि परिवारलाई खबर गरिदिन जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्र पठाएपछि घटना बाहिर आएको हो । दूतावासले संलग्न गरी पठाएको दिल्ली प्रहरी (पुलिस स्टेशन लोधी क्लोनी) को पत्रमा (सन् २००९ जुलाई ९ तारिख) मा दुर्घटनामा परी बस्नेत घाइते भएको उल्लेख छ ।

गम्भीर घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचार र हेरचाहको लागि ‘शान्ति निकेतन’ नामक पुनःस्थापना केन्द्रमा पठाइएको प्रहरीको पत्रमा उल्लेख छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि केन्द्रमै बस्नेतको निधन भएको जनाइएको छ । गत कात्तिक १६ मै दिल्लीस्थित ‘एम्स’ अस्पतालमा ल्याइएका बस्नेतलाई चिकित्सकले आधिकारिक रुपमा मृत घोषणा गरेका थिए ।

प्रहरीले बस्नेतको शव ‘एम्स’ अस्पतालको शवगृहमा राखिएको र शव बुझ्न परिवारलाई खबर गरी दिन अनुरोध गर्दै यही मङ्सिर ३ गते नेपाली दूतावासमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले परिवारलाई खबर गरी शव बुझ्न मृतक बस्नेतका भाइ भारतीय सेनामा कार्यरत अमर बस्नेतलाई अधिकारप्राप्त व्यक्ति तोकेर पत्र पठाएको थियो ।

दिल्लीमै रहेका बस्नेतले आइतबार पत्र बुझी सोमबार दिल्लीस्थित नेपाली दूतावास पुगेका थिए । दूतावासले शव बुझ्नको लागि आधिकारिक व्यक्ति प्रमाणित गरेर प्रहरीलाई पत्र लेखेको उनको भनाइ छ । भाइ अमर बस्नेतले प्रहरी कार्यालय र पुनःस्थापना केन्द्रमा समेत पुगेर घटनाबारे जानकारी लिएका थिए ।

“मुद्दा हेरिरहेका प्रहरी अधिकृत बिदामा भएकाले आजलाई बोलाएको छ”, उनले भने । मृत्युको घटना हेरिरहेको प्रहरी अधिकृत नभएपछि सोमबार शव बुझ्न नसकिएको उनको भनाइ छ । पुनःस्थापना केन्द्रका सञ्चालकले प्रहरीको सहायतामा उद्धार गरिएको जनाएका छन् ।

केन्द्र सञ्चालकका अनुसार बस्नेतलाई सरकारी गाडीले ठक्कर दिएर घाइते बनाएको थियो । “अदालतमा मुद्दा चलेको छ भन्ने पनि थाहा भयो”, बस्नेतले भने, “घटनाबारे यथार्थ खुल्न बाँकी छ, हामी सोधखोज गर्दैछौँ ।”

परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशङ्का व्यक्त गरेका छन् । मृत्युको खबर आउने तर दुर्घटना हुँदा, यतिका वर्ष पुनःस्थापना केन्द्रमा बस्दा किन खबर आएन भन्ने प्रश्न गरेका छन् । परिवारले बस्नेत हराउने बित्तिकै दिल्ली पुगेर दरियागञ्जको प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए ।

हप्तौँसम्म बसेर दिल्लीमा खोजी गर्दा पनि बस्नेतको अवस्था थाहा हुन सकेको थिएन । दिल्लीबाट आफन्त भेट्न गुढगाउँ पुगेका बस्नेत फर्कदा बाटोबाटै सम्पर्कविहीन भएको दिल्लीमै रहेका खड्क साहानीले बताए । “दश वर्षपछि एकैचोटी मृत्युको खबर आयो”, उनले भने, “यत्रो घटना कसरी लुक्यो ।”

प्रहरीका अनुसार बस्नेत सन् २००९ को जुलाईमा दिल्लीको सफदरजङ्ग विमानस्थल नजिक दुर्घटनामा परेको थियो । बस्नेत दुर्घटनामा पर्नुअघि १५ वर्षसम्म दिल्लीमै बसेर काम गरेका थिए । “यतिका वर्षपछि भाइ नरहेको खबर आयो”, दाइ गिनबहादुरले भने, “दुःखीसँगै हामी आश्चर्यमा परेका छौँ, यस्तो कसरी भयो ।” बस्नेत सकुशल घर फकन्छन् वा राम्रो खबर आउँछ कि भन्ने आशामा परिवारका सदस्य थिए । संयुक्त परिवारबाट छुट्टिएर अलग बस्दै आएकी रत्नालाई श्रीमान्को मृत्युले झन पीडा थपेको छ ।

छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन् । पैसा कमाउन विदेशीनुभएका श्रीमान्को उतै निधन भएपछि उनको जीवनमा ठूलो विपद् आइलागेको छ ।

वि.सं.२०७५ मंसिर ११ मंगलवार १५:१५ मा प्रकाशित

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा...

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...