back

विश्वका ६ हजार भन्दा बढी मातृभाषा लोप हुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त

वि.सं.२०७५ मंसिर १२ बुधवार

489 

shares

१२ मंसीर, काठमाडौँ । मातृभाषा लोप हुन थालेकामा विभिन्न देशका भाषाविद् चिन्तित भएका छन् ।

भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धानका लागि भएको दुईदिने ‘उन्नचालिसौं भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ का वक्ताले कम बोलिने मातृभाषा लोपोन्मुख हुन थालेकामा चिन्ता व्यक्त गरेका हुन् ।

समाजका अध्यक्ष भीम रेग्मीले लेखनमा कम प्रयोग हुने भाषा लोप हुने क्रममा रहेकाले संरक्षण आवश्यक रहेको बताए । उनले थोरै जनसङ्ख्या, ठूला भाषाको चपेटामा साना भाषा, बसाइँसराइजस्ता कारणले भाषा लोप हुने क्रममा रहेको बताए । उनका अनुसार विश्वमा ६ हजारभन्दा बढी मातृभाषा लोपोन्मुख क्रममा रहेको छ ।

नेपालमा कुसुण्डा, दुरा र तिलुङ (राई भाषा) लोपोन्मुख रहेको उहाँले बताउनुभयो । सम्मेलनमा नेपालसहित नौ देशका भाषासम्बन्धी १०२ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनले प्रस्तुत गरिएका कार्यपत्रमाथि छलफल गर्दै भाषाको संरक्षण र संवद्र्धनमा जोड दिइएयो ।

दिल्ली विश्वविद्यालय भारतका प्राध्यापक तनमय भट्टाचार्यले विश्वमा मातृभाषा लोपोन्मुख चरणमा रहेकोले संरक्षण गर्नुपर्नेमा जोड दिँदै विश्वमा साना भाषालाई ठूला भाषाले आक्रमण गरिरहेको बताउनुभएको थियो । सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरू कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्दछ भन्ने विषयमा छलफल भएको समाजका अध्यक्ष रेग्मीले जानकारी दिए ।

यसैगरी शब्दको प्रयोग कसरी गर्ने, खास अर्थमा शब्दलाई कसरी परिभाषित गर्ने भन्नेमा पनि छलफल भएको छ । सम्मेलनमा भाषाविद्ले अनुसन्धान गरी ल्याएका अनुसन्धानमाथि छलफल भएको थियो । सम्मेलनले साना भाषालाई संरक्षण गर्न अनलाइनमा राख्ने, नेपालका सबै भाषा समेट्ने गरी शब्दकोष बनाउनेसमेत निर्णय गरेको छ ।

यस्तै एक भाषाले अर्को भाषालाई कसरी प्रभावित पारेको हुन्छ भन्ने पनि सम्मेलनमा छलफल गरिएको उनले बताए । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, हङकङ (चीन), अस्ट्रेलिया, अमेरिका, जर्मनी र फ्रान्सका गरी २०० भाषाविद्को सहभागिता थियो । समाजले हरेक वर्ष भाषाको प्रयोगबारे छलफल गर्नका लागि सम्मेलन गर्दै आएको छ ।

वि.सं.२०७५ मंसिर १२ बुधवार ०९:०९ मा प्रकाशित

Himalayan Life AD
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खु्ला...

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकी । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा...

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको...

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ । मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी...

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

काठमाडौँ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र...