back

लेबनानमा बेलायती रेडियोकर्मी मृत फेला

वि.सं.२०७५ मंसिर १२ बुधवार

393 

shares
IME Limited
NTC AD

१२ मङ्सिर, बेरूत, लेबनान ।  लेबनानको प्रसिद्ध मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तोता रहेका एक जना बेलायती रेडियोकर्मी गाभिन फोर्ड आफ्नै घरमा मङ्गलबार मृत फेला परेका लेबनानको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

फर्डको मृत शरीर बेरूतबाट पूर्वमा रहेको बेइट मेरी शहरस्थित उनकै निवासमा भेटिएको थियो ।

फोर्डले काम गर्दै आएको ‘रेडियो वन’ समेत रहेको शहरमा बस्दै आएका रेडियोकर्मीको मृत्युबारे रोजगारदाता संस्थाले सामाजिक सञ्जालमा प्रेषित शोक सन्देशमा भनेको छ, “हाम्रा प्रिय मित्रको निधनको खबरले रेडियो परिवारलाई दुःखी बनाएको छ । हामीले उनीसँग बर्षौंसम्म हासीखुशी विताएका पलहरूले हाम्रो स्मृतिमा उनी सधैँ टाढा हुने छैनन् ।”

प्रहरी तथा उनी कार्यरत रेडियोले मृत्युको कारण भने उल्लेख गराएका छैनन् । लेबनानको राष्ट्रिय समाचार समितिले बताएअनुसार सुरक्षा निकायले उनको मृत्युबारे अनुसन्धान अघि बढाउने कुरालाई इन्कार गरेको छैन ।

फोर्डको मृत्युको खबरपछि दुःख व्यक्त गर्दै आएका श्रद्धाञ्जलिका सन्देशहरूले सामाजिक सञ्जाल भरिएका छन् । उनलाई लेबनानीहरूले धेरै बर्षदेखिको लोकप्रिय रेडियो कार्यक्रम प्रस्तोताका रूपमा सम्झेका छन् ।

वि.सं.२०७५ मंसिर १२ बुधवार ०९:३० मा प्रकाशित

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान...

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

टोकियो । मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर...

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

जेरुसेलम  । दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर...

थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग

थाइल्यान्डका ‘पहेँलो सर्ट’ हरू सडकमा, प्रधानमन्त्रीको राजीनामा माग

बैङ्कक । कम्बोडियाका पूर्व नेता हुन सेनसँगको फोन कलमा सार्वजनिक...

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

याङगुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार...

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

गाजा । गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र...