back

कृषि र वनका निजी क्याम्पसको भर्ना रोक्का

वि.सं.२०७५ मंसिर १२ बुधवार

309 

shares
IME Limited
NTC AD

१२ मङ्सिर, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजीका लागि भर्ना प्रक्रिया रोक्का गरिएको छ । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्न निर्देशन दिएको थियो ।

विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तका अनुसार मङ्गलबार बसेको भर्ना समितिले विश्वविद्यालयको निर्देशनअनुसार भर्नाको सूचना संशोधन गरी हाललाई निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्ने निर्णय गरिएको बताए । यससँगै वन सङ्कायको पनि निजीको भर्ना प्रक्रिया रोक्का हुने बताइएको छ ।

दत्तका अनुसार विश्वविद्यालयको रामपुरमा रहेको क्याम्पस र आङ्गिक क्याम्पसका लागि भने यही भर्नाको सूचनाबाट आवेदन दिएकाले प्रवेश परीक्षा दिन पाउनेछन् । निजीलाई सम्बन्धन दिने-नदिने विषयमा सर्वोच्च अदालतले पुस २६ गते सुनुवाइका लागि पेशी तोकेको छ । सो पश्चात निजीको भर्ना प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्णय गरिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । सो पश्चात् सम्बन्धन पाएका निजी क्याम्पस सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चबाट मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु-नगराउनु भन्ने अन्तरिम आदेश जारी भएसँगै विश्वविद्यालयलाई भर्ना खोल्ने बाटो खुलेको विश्वविद्यालयले जनाएको थियो ।

सो पश्चात् विद्यार्थीले सम्बन्धन दिने निर्णयविरुद्ध रिट निवेदन पेश गरेको भए पनि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नपर्ने भन्ने आदेश दिएको छ । तर विश्वविद्यालयले आन्दोलन थेग्न नसकेपछि सर्वोच्चको सुनुवाइ कुर्ने गरी हालका लागि निजीको भर्ना प्रक्रिया रोक्का गरेको हो ।

विश्वविद्यालयको कृषि सङ्कायको डिनको कार्यालयले कात्तिक २५ गतेबाट मङ्सिर १७ गतेसम्म अनलाइनमार्फत भर्ना फारम खोलेको थियो । वन सङ्कायले कात्तिक २० गते नै भर्ना खोलेको थियो । वनको मङ्सिर १६ गतेसम्म भर्ना फारम भर्ने समय तोकिएको छ ।

वनको मङ्सिर २२ गते र कृषिको मङ्सिर २९ गते प्रवेश परीक्षा लिने तयारी गरिएको छ । विश्वविद्यालयले निजी सात क्याम्पसलाई कृषि स्नातक र एउटा क्याम्पसलाई वन स्नातकका लागि सम्बन्धन दिएको छ ।

वि.सं.२०७५ मंसिर १२ बुधवार १२:०१ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...