back

अपाङ्गता भएका विद्यार्थीको छात्रावास निर्माणमा ४० लाख सङ्कलन

वि.सं.२०७५ मंसिर १२ बुधवार

405 

shares
IME Limited
NTC AD

१२ मङ्सिर, लमजुङ ।बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ ।

सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत बहिरा विद्यार्थीका लागि छात्रावास निर्माण गरिन लागिएको हो । बेलायतस्थित सुस्त श्रवण तथा बहिरा समूहले ‘डेफ नेपाल एक्पेडिसन–२०१८’ गठन गरी छात्रावास निर्माणका लागि चन्दा सङ्कलन अभियान शुरु गरेको र त्यसबाट रु ४० लाख सङ्कलन भएको थियो ।

डेफ नेपाल एक्पेडिसन–२०१८ समूहका टोली प्रमुख डेबिट लवटनसहितको टोलीले विद्यालय भवन निर्माणस्थलको अवलोकन तथा निरीक्षण गरी सन् २०२० सम्ममा भवन निर्माण सक्ने प्रतिबद्धता जनाएका छन् ।

शुरुआती चरणमा छात्रावास निर्माण गरिनेछ भने त्यसपछि उनीहरुका लागि छुट्टै कक्षाकोठासमेत निर्माण गरिने भएको छ । उनीहरुले बेलायती संस्था पहार ट्रष्ट नेपाल पोखराको समन्वयमा भवन निर्माण गर्नेछन् । विद्यालयको नाममा रहेको चार रोपनी १३ आना जग्गामा छात्रावास र बहिरा विद्यालय भवन निर्माण गरिने छ ।

भक्ति नमूनामा सञ्चालित विशेष कक्षामा हाल ३५ विद्यार्थी अध्ययनरत छन् । तीन शिक्षकले पढाइरहेका छन् भने बालबालिकाको स्याहारसुरार गर्न दुई जना खटिएका छन् । २०२४ मा स्थापना भएको भक्ति नमूना माविमा २०६१ बाट स्रोत कक्षा सञ्चालन भइरहेको छ ।

विद्यालयमा रहेका शारीरिकरुपमा अपाङ्गता भएका विद्यार्थीका लागि भोटेओडार बगैैँचा नजिकै पुरानो छात्रावासमा नयाँ छात्रावास निर्माण हुनेछ । विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेका अनुसार बहिरा र मुख नबोल्ने विद्यार्थीलाई सँगै राखेर पढाउँदा समस्या हुने गरेको छ । छुट्टै छात्रावास र विद्यालय भवन बनेपछि विद्यार्थीलाई सहज हुने उनले बताए । भवन निर्माणका लागि विद्यालयका पूर्वप्रधानाध्यापक उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको छ ।

वि.सं.२०७५ मंसिर १२ बुधवार १२:४८ मा प्रकाशित

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशन सम्पन्न...

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

किएभ । उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच...

‘लालीबजार’ मा स्वस्तिमा

‘लालीबजार’ मा स्वस्तिमा

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण...

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट...

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा...

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा...