back

तीन स्रोतव्यक्तिको भरमा आठ स्थानीय तह

वि.सं.२०७५ मंसिर १२ बुधवार

375 

shares
IME Limited
NTC AD

१२ मंसीर, दुनै । दुर्गम जिल्ला डोल्पाका स्थानीय तहका शिक्षाफाँट स्रोतव्यक्तिका भरमा चल्दै आएका छन् ।

जिल्लाका आठवटै स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारीको पदपूर्ति नभएपछि तीनजना स्रोतव्यक्तिका भरमा शिक्षाफाँट चल्दै आएका हुन् ।

त्रिपुरा सुन्दरी, ठूलीभेरी नगरापालिका, काइके, डोल्पो बुद्ध, शेफोक्सुन्डो, छार्काताङसोङ, जगदुल्ला, मुड्केचुला गाउँपालिका तीनजना स्रोतव्यक्तिको भरमा चल्दै आएका छन् ।

कर्मचारीको नाममा तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिकामा एकजना प्राविधिक सहायक कार्यरत छन् । विद्यालय निरीक्षकको पदपूर्ति भने भएको छैन ।

प्रत्येक स्थानीय तहमा एक जना विद्यालय निरीक्षक र प्राविधिक सहायकको दरबन्दी अनिवार्य भए पनि अझै पदपूर्ति हुन सकेको छैन ।

जनतालाई प्रत्यक्षरुपमा सरकारको प्रत्याभूति दिलाउन गठन गरिएका स्थानीय तहमा कर्मचारी अभाव भएपछि शिक्षासम्बन्धी कामकाज गर्न निकै समस्या भएको छ ।

“सम्बन्धित फाँटवाला कर्मचारी नहुँदा शिक्षाका कामकाज गर्न समस्या हुनुका साथै एकजना स्रोतव्यक्तिले नगरको शिक्षाफाँट धान्नुपर्ने बाध्यता छ”, त्रिपुरा सुन्दरी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत नेत्रराज गिरीले भने ।

शिक्षाफाँटमा कर्मचारी अभाव हुँदा, शिक्षा योजना निर्माण, विद्यालय निरीक्षण, जिल्लास्तरीय परीक्षा सञ्चालनजस्ता थुप्रै कामकाज गर्न ठूलो समस्या भएको उनको भनाइ छ ।

स्थानीय तहमा विद्यालय निरीक्षक र प्राविधिक सहायकको पदपूर्ति नहुँदा सम्पुर्ण कामकाज एक्लै धान्नुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिका स्रोतव्यक्ति भीम धरलाले जानकारी दिए । एकले दुईदेखि तीनवटासम्म स्थानीय तह धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष बितिसक्दासमेत कर्मचारी नपठाइएपछि जिल्लाका प्रत्येक स्थानीय तहले चित्तबुझ्दो तरीकाले काम गर्न नपाएको जिल्ला प्रशासन शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

“प्रायःसबै स्थानीय तह विद्यालय निरीक्षक र प्राविधिक सहायकविहीन छन्, मुड्केचुला गाउँपालिकामा एकजना प्राविधिक सहायकबाहेक सबै स्थानीय तहमा कर्मचारी पदपूर्तिको अवस्था शून्य छ”, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिंहराज डाँगीले भने ।
यसपटक कर्मचारी नहुँदा पुस पहिलो सातासम्म सम्पन्न गर्नुपर्ने आधारभूत तह ९१–८० र माध्यामिक तह ९९–१०० को परीक्षा सञ्चालन गर्न समस्या भएको डाँगीले बताए ।

सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्दै विद्यालयका प्रधानाध्यापकहरुको भेला राखेर जिल्लास्तरीय परीक्षा सञ्चालनको जिम्मा दिइएको समन्वय एकाइको भनाइ छ ।

कर्मचारी अभावमा विद्यालय निरीक्षकले गर्नुपर्ने परीक्षा सञ्चालनदेखि निरीक्षणसम्म स्थानीय तहमा कार्यरत खरिदारदेखि नायब सुब्बाले गर्नुपर्ने बाध्यता रहेको स्थानीय तहले जनाएका छन् ।

अधिकार सम्पन्न स्थानीय सरकारको नियमित कामकाज कर्मचारी अभावका कारण अन्योलमा पर्दै आएको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताए ।

जिल्लास्तरीय परीक्षा चलाउने जिम्मेवारी स्थानीय तहकै भए पनि कर्मचारी नहुँदा यसको व्यवस्थापन गर्न समस्या भएको शाहीको भनाइ छ ।

सम्बन्धित फाँटवाला कर्मचारीको अभावमा जेनतेन चलाइएको कामकाज प्रभावकारी नहुनुका साथै दीर्घकालीन प्रतिफलसमेत नआउने सरोकारवालाको भनाइ छ ।

स्थानीय तहमा शिक्षासम्बन्धी हुने कामकाजलाई प्रभावकारी बनाउन सरकारले यथाशीघ्र कर्मचारी पठाउनुपर्ने डोल्पाका स्थानीय तहको माग छ ।

वि.सं.२०७५ मंसिर १२ बुधवार १६:१६ मा प्रकाशित

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

  काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौं–तराई/मधेस...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...