१३ मंसिर विराटनगर । प्रदेश सरकारले नेता तथा राजनीतिकर्मीमा नाममा खोलीएका प्रतिष्ठानका लागि पुँजीगत अनुदान भन्दै ठुलो रकम दिएको छ । यस आर्थिक वर्षभित्र खर्च गर्ने गरी प्रदेश सरकारले ११ वटा प्रष्ठिानलाई ७ करोड १० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।
बजेटभाषणमै प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयकाले रकम दिने तयारी गरेको छ । मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । तत्कालीन एमाले नेता भण्डारीका नाममा उर्लाबारी प्राविधिक शिक्षालयसमेत सन्चालन गर्दै आएको छ । सुनसरीको तरहरास्थित सहिद आवासीय विद्यालयका लागि १ करोड ५० लाख रुपैयाँ दिइने भएको छ । यसमा सहिद परिवारका विद्यार्थी पढ्छन् ।
झापाको दमकस्थित पुष्प धीरेन्द्र स्मृति प्रतिष्ठानका लागि ४० लाख ,झापाकै सहिद सुखानी स्मृति प्रतिष्ठानलाई ४० लाख छुट्याइएको छ ।झापाकै गौरीशंकर स्मृति प्रतिष्ठानका लागि ४० लाख विनियोजन गरिएको छ । आजको कान्तिपुर दैनिक समाचारमा छ ।
वि.सं.२०७५ मंसिर १३ बिहीवार ०७:५१ मा प्रकाशित