१३ मंसिर, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालन हुने आयोजनाको ठेक्का नेपालीले नपाउने भएका छन् । बोलपत्रमा उल्लिखित मापदण्ड नपुग्ने भएपछि नेपाली ठेकेदार प्रतिष्पर्धामै परेनन् । झण्डै ३६ अर्ब रुपैयाँको नारायणगढ–बुटवल र कञ्चनपुर–कमला सडकको बोलपत्र विदेशी ठेकेदार मात्र सहभागी भएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
ऋण सहयोगमा सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले पूर्व–पशिचम राजमनर्ग विस्तार गदैृछ । ‘सडक निर्माण गर्न नेपाली निर्माण व्यवसायीको क्षमताभन्दा ठूला दुई प्याकेज बनाइएको छ । नेपाली प्रतिश्पर्धामै नआउन भनेर यसो गरिएको हो,’ महासंघका अध्यक्ष रवि सिंहले भने ।
वि.सं.२०७५ मंसिर १३ बिहीवार ०७:५६ मा प्रकाशित