
१३ मंसिर काठमाडौ । नेपाली चेली नाचेर बन्दना नेपालले लगातार १२६ नाचेर विश्व रेकर्ड कायम गरेकी छन् । बन्धनाले यस अघिको १२३ घण्टा १५ मिनेटको रेकर्डलाई तोड्दै आफ्नो नाममा विश्व रेकर्ड बनाएकी हुन् ।
गिनिज बुक अफ वल्र्डकोे रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड केरला,भारतकी कलामण्डलम हेमलथाको नाममा थियो । उनले सन् २०१६ मा लगातार १२३ घण्टा १५ मिनेट शाास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा आफ्नो नाम लेखाएकी थिइन् ।
बन्दानाले बुधबार मध्याहन् १२ बजेर १६ मिनेट जाँदा हेमलथाको वल्र्ड रेकर्ड तोडेकी हुन् । वल्र्ड रेकर्ड बनाउने सिरलसिलामा उनले शुक्रबार बिहान ९ बजे बाट नृत्य थालेकी थिइन् । बन्दानाले हेमलथाको रेकर्ड तोड्दै १२६ घण्टा लगातार नाचेर नयाँ रेकर्यका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डसँग अनुमति लिएकी थिइन् । उनले बुधबार दिउँसो ३ बजेर १५ मिनेटसम्म नाच्दै १२६ घण्टाको वल्र्ड रेकर्ड बनाएकी हुन् । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ मंसिर १३ बिहीवार ०८:४१ मा प्रकाशित