
१३ मंसिर काठमाडौ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाराको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि तीन चरणमा रुख काट्ने प्रस्ताव अघि सारेको छ । एकैपटक २४ लाख रुख काट्न थालिएको भन्दै व्यापक विरोध भएपछि मन्त्रालयले तीन पटक गरेर २२ लाख ३५ हजार रुख काट्ने प्रस्ताव वन तथा वातावरण मन्त्रालयले पेस गरेको हो ।
आवाश्यक रुख विस्तारै काट्ने योजनाअनुसार तीन चरणमा काट्न वन मन्त्रालयमा प्रस्ताव गरेका छौँ । नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौडेलले भने,वन मन्त्रालयबाट स्वीकृत भएलगत्तै विमान स्थल निर्माणका लागि रुख काट्न सुरु हुन्छ ।
पहिलो चरणमा २ हजार ५ सय ९३ दशमलब ९५ हेक्टरका ७ लाख ६९ हजार ६ सय ९१ रुख काट्ने प्रस्ताव छ । पोल आकारका ५ लाख ७५ हजार २ सय ११ र साना १ लाख ९४ हजार ४ सय ८० रुख छन् ।
दोस्रो चरणमा २ हजार ८६ दशमलब ४० हेक्टर क्षेत्रका ६ लाख ९२ हजार ८ सय ३ रुख काट्न प्रस्ताव छ । ५ लाख ३१ ह्जार ६ सय ४८ पोल आकारका र १ लाख ६१ ह्जार १ सय ५५ साना रुख छन् ।
तेस्रो चरणमा २ हजार १ सय ५० दशमलव ७५ हेक्टर क्षेत्रका ७ लाख ७३ हजार ४ सय ४८ वटा रुख काट्ने प्रस्ताव गरिएको छ । जसमा ६ लाख १ हजार १ सय ५४ वटा पोल आकारका र १ लाख ७२ हजार २ सय ९४ रुख साना छन् । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।
वि.सं.२०७५ मंसिर १३ बिहीवार ०९:०० मा प्रकाशित