back

कबड्डीको उर्वरभूमि हल्दुखालदेखि तिलाचौरसम्म

वि.सं.२०७५ मंसिर १३ बिहीवार

240 

shares
NTC AD

१३ मङ्सिर, भीमदत्तनगर ।  खेल जीवनका क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका कबड्डी खेलाडी विष्णुदत्त भट्टले ११ औँ पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे । नेपालले हालसम्मको उक्त खेलको इतिहासमा एशियन, साफ र साफ च्याम्पियनसिपमा गरी १५ पटकसम्म अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा सहभागिता जनाइसकेको छ ।

विसं २०४२ मा कबड्डी खेलमा प्रवेश गरेका भट्ट विसं २०६० पछि कञ्चनपुर जिल्ला खेलकूद विकास समिति प्रशिक्षकको रुपमा कार्यरत हुन् । विसं २०५३ पछिका लगातार सात वर्ष नेपालको कबड्डीमा टोलीनेता रहेका उनी हरेक चार वर्षमा हुने एशियाली खेलकूद प्रतियोगिता लगातार खेल्ने कुनै बेलाका दुर्लभ खेलाडी पनि हुन् ।

भट्ट जस्तै सयौँ कबड्डी खेलाडी जन्माएको हल्दुुखालबाट हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व टुटेको छैन । भीमदत्तनगरपालिकाको वडा नं ६, ७, ८ र १० सुदूरपश्चिम प्रदेशकै कबड्डीको केन्द्रका रुपमा खेलजगतमा परिचित छ ।

विसं २०४२ यता हालसम्म भएका नगरस्तरीयदेखि महकाली अञ्चल हँुदै सुदूरपश्चिम प्रदेशको टोलीमा यी वडाका खेलाडीको निरन्तर प्रतियोगितामा सहभागिता रहेको प्रशिक्षक विष्णुदत्त भट्टको भनाइ छ । “यहाँको हल्दुखाल, सुकासाल, वनगाउँ, तिलाचौर र ऐठपुर कबड्डी खेलाडीको हबभन्दा फरक पर्र्दैन, उनले भने, ती वडाबाट साफ तथा एशियन प्रतियोगितामा ३६ र राष्ट्रिय प्रतियोगिता ६० महिला पुरुष सहभागी भइसकेका छन्।”

सन् २०१२ मा पनि तिलाचौरका महिला खेलाडी सरस्वती ऐर र लक्ष्मी ठगुन्नाले पहिलो महिला विश्वकप कबड्डी प्रतियोगितामा भाग लिएका थिए । सरस्वती हाल निःशुल्क रुपमा स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै छन् भने लक्ष्मी भने अहिले गृहणी बनेका छन ।

आगामी आठौँ राष्ट्रिय प्रतियोगितामा यहाँका महिला खेलाडी स्वर्ण पदकका लागि दाबेदार हुने अपेक्षा गरिएको छ ।“अहिले पनि गाउँमा क्लबदेखि स्कूलसम्म कबड्डीकै रौनक देख्न सकिन्छ”, भट्ट भन्छन् , “कभर्डहलमा पनि महिला र पुरुष गरी ७० खेलाडी प्रशिक्षणरत छन् ।”
“साफ खेलिसकेका यहाँका खेलाडीसमेत अहिले दुबइमा सुरक्षागार्डमा नोकरी गर्दैछन्”, उनी बताउछन् , “यहाँबाट उत्पादित धेरै खेलाडी सेना तथा प्रहरीमा जागिरे भइसके ।” हल्दुखाल क्षेत्र घर भएका चार खेलाडी सशस्त्र प्रहरीको एपिएफ, चार महिला खेलाडी नेपाल प्रहरी र सात पुरुष खेलाडी आर्मी क्लबमा अनुबन्धित भइसकेका छन् ।
पुराना खेलाडीको प्रेरणाले यहाँ चौँथो पुस्तासम्मका खेलाडी कबड्डीमा आवद्ध छन् । घरका बुबादेखि छोरा हँुदै बुहारीसम्म यो खेलमा आबद्ध भइसकेका छन् । तिलाचौरका धर्मे सुनारको परिवारले दशकसम्म कबड्डीमा बिताएको छ ।
विसं २०३७ देखि जिल्लामा शुरु भएको कबड्डी हालसम्म निरन्तर छ । विसं २०४२ मा महाकाली अञ्चलको टोलीले लगातार तीन पटक राष्ट्रियस्तरमा स्वर्ण जितेको थियो । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली र दार्चुलामा कबड्डीको नियमित प्रशिक्षण भइरहेको छ ।भीमदत्तनगरपालिका–६ का धनीराम पार्कीले पनि २०४२ को दशकमा कबड्डीमा आफ्नो नाम प्रायः उचाइमै राखे । हाल कञ्चनपुरमै कबड्डी प्रशिक्षकका रुपमा कार्यरत पार्कीले पनि थुप्रै खेलाडी उत्पादन गरिसकेका छन् ।

राष्ट्रिय टोलीमा लामो समयदेखि भीमदत्तनगरका खेलाडीको प्रतिनिधित्व रहेको बताउँदै कबड्डीका पूर्वखेलाडी रमेशचन्द्र ओझा हल्दुखाल क्षेत्र कबड्डीको उर्वरभूमि भएको बताए । “हाम्रो क्षेत्रमा कबड्डीमा लगानी गर्ने हो भने अझै उदयमान खेलाडी जन्मिनेमा आशङ्का नगरे हुन्छ ।” ओझा भन्नछन् , “त्यसतर्फ राज्यको ध्यान गए मात्रै सम्भव हुन्छ ।” जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह पनि कबड्डीमा सुदूरपश्चिम मुलुकमै अब्बल छ भन्नछन् ।

वि.सं.२०७५ मंसिर १३ बिहीवार १०:३४ मा प्रकाशित

ADBL AD
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

भैरहवा (रुपन्देही) । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली...

प्रहरी महानिरीक्षकले गरे प्रहरी महिला भलिबल समूहलाई विदाइ

प्रहरी महानिरीक्षकले गरे प्रहरी महिला भलिबल समूहलाई विदाइ

काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त...

पलेसा गोबद्र्धने बढाइन् देशको गौरव

पलेसा गोबद्र्धने बढाइन् देशको गौरव

काठमाडौँ । फ्रान्सको पेरिसमा रहेको ग्रान्ड प्यालेसमा पलेसा गोबद्र्धन रिङमा...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय...

नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष ‘प्रचण्ड’

नेपालमा खेलकुद संरचनाको विकास हुँदै गएको छ : अध्यक्ष ‘प्रचण्ड’

खजुरा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

फुटसल प्रतियोगिता आयोजना गर्दै ब्रिटिस कलेज

फुटसल प्रतियोगिता आयोजना गर्दै ब्रिटिस कलेज

काठमाडौँ । 'द ब्रिटिस कलेज'ले ब्रिटिस कप इन्टर कलेज फुट्सल...