back

द्वन्द्वकालमा विस्थापित प्रहरी चौकी पुनःस्थापना

वि.सं.२०७५ मंसिर १३ बिहीवार

519 

shares

१३ मङ्सीर, लहान । सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको प्रहरी खिरौना चौकी पुनःस्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बुधबार पुनःस्थापित चौकी उद्घाटन् गरे ।
तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वका समयमा विस्थापित भई जिल्ला प्रहरी कार्यालयमा उक्त चौकी गाभिएकामा पुनः स्थापना भएसँगै सो क्षेत्रको शान्ति सुरक्षा सुधार आउने विश्वास गरिएको छ । तत्कलका लागि प्रहरी सहायक निरीक्षको नेतृत्वमा १० प्रहरी परिचालन गरिएको उक्त कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

डेढ लाख मूल्य बराबरको मदिरा बरामद

प्रहरीले सिरहाको विभिन्न स्थानबाट गए राति डेढ लाखभन्दा बढी मूल्य बराबरको अवैधरूपले बनाइएका मदिरा तथा त्यससंग सम्बन्धित समान बरामद गरेको छ । माडर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माडर बसपार्कबाट भन्सार छलेर चोरी पैठारी गर्न लागिरहेकोे अवस्थामा स्थानीय पसलबाट रु ६० हजार बराबरको मदिरासहित किराना सामान बरामद गरेको हो ।

यसैगरी प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिकाको मिर्जापुरबाट करीब रु४५ हजार मूल्य बराबरको कपडा र सिरहा नगरपालिका–२१ स्थित लगडीगोठबाटे नेपालबाट भारततर्फ अवैध रूपमा निकासी भइरहेका १६ कार्टुन मदिरा पनि बरामद गरेको उक्त कार्यालयले जनाएको छ ।

वि.सं.२०७५ मंसिर १३ बिहीवार ११:२४ मा प्रकाशित

Himalayan Life AD
एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २६ दशमलव ०५...

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ...

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्...

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका...

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख...