back

पत्रकारमाथिको धम्कीप्रति युनियनको भत्र्सना

वि.सं.२०७५ मंसिर १३ बिहीवार

393 

shares
IME Limited
NTC AD

१३ मङ्सिर, काठमाडौँ । नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका कार्यसमिति सदस्य कमल पौडेल माथि भएको दुव्र्यहारप्रति भत्र्सना गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज जारी गरेका विज्ञप्तिमा पौडेलमाथि दुव्र्यवहार गर्दै फोनमा समेत धम्की दिइएकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘लाखौँ रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शीर्षकको समाचार प्रकाशित गरेको भन्दै ती महिलाले ९८५६०४०२३८ को मोबाइलबाट ज्यान मार्ने धम्की दिएको पत्रकार पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझे अदालतमा जानसक्ने अवस्थामा पत्रकार पौडेललाई गरिएको दुव्र्यवहार निन्दनीय रहेको युनियनले जनाएको छ । पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गरी निर्वाध समाचार सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन पनि स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ ।

वि.सं.२०७५ मंसिर १३ बिहीवार १२:१० मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...