back

हात्तीले मारेका दुई महिलाको शव उठाउन स्थानीयले दिएनन्

वि.सं.२०७५ मंसिर १३ बिहीवार

309 

shares
IME Limited
NTC AD

१३ मङ्सिर, चितवन ।  माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका छन् ।

उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले स्थानीयले स्थायी समाधानको खोजी गर्नुपर्ने माग गरेको बताए । उनले दशैँको समयमा पनि एक बालकलाई सोही हात्तीले आक्रमण गरी मारेको बताए । केही दिन अघि एक महिलालाई पनि सोही हात्तीले उचालेर फालिदिएको ढकालको भनाइ छ ।

दशैँ अघिबाट दैनिक जङ्गली हात्तीले स्थानीयलाई त्रसित बनाउँदै आएको छ । ढकालका अनुसार माडीका विभिन्न क्षेत्रका बस्तीमा आएर हात्तीले भकारीको धान खाने, बारीको विभिन्न बाली खाने, जनतालाई त्रसित बनाउने गर्दैआएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले माडीवासीले आफ्नो रोहवरमा वार्ता हुनुपर्ने माग गरेपछि आफू वार्तामा जाने तयारीमा रहेको बताए । उनले जनताका मागलाई सकेसम्म सम्बोधन गरेर शव उठाउन लगाउने बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले हात्तीलाई बेहोस बनाउन प्राविधिक टोली हात्तीको खोजीमा लागिसकेको बताए ।

उनका अनुसार प्राविधिक पुरुषोत्तम पाण्डे र किरण रिजाल हात्तीको खोजीमा गइसकेका छन् । हात्तीलाई बेहोस बनाई दाह्रा काटेर छोड्न निर्देशन दिइएको ढकालले बताए । सो हात्तीको एउटा दाह्रा यसअघिनै भाँचिएको छ । निकुञ्जभित्र बेहोस बनाउन कठिन हुने भएकाले बस्तीमा आएसँगै डार्ट गरेर बेहोस बनाउने तयारी गरिएको छ ।

यसअघि विसं २०७० मा माडीमै ध्रुवे हात्तीले छ जनाको ज्यान लिए पछि माडीवासी आन्दोलित भएका थिए । ध्रुवेलाई धपाउन गोली प्रहार गरिएको थियो । सो हात्तीले हाल जनतालाई दुःख दिएको छैन ।

माडीवासीले निकुञ्ज तथा वन संरक्षण ऐनको जनपक्षीय संशोधन हुनुपर्ने, घटनाका पीडितलाई राहत नभई पूर्ण क्षतिपूर्ति दिइनुपर्ने, जीउधनको सुरक्षा हुनुपर्ने, नागरिकको संविधानप्रदत्त हकको प्रत्याभूति हुनुपर्ने, जङ्गली जनावरको मानव बस्ती प्रवेश नियन्त्रण गरिनुपर्नेलगायतका मागसमेत राखेका छन् ।

बुधबार माडी नगरपालिका–९ स्थित रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीय ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । निजहरूको शवलाई घर नजिकै राखिएको छ । शव उठाउन स्थानीयले नदिएका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आवको अहिलेसम्मको अवधिमा वन्यजन्तुबाट आठ जनाको मृत्यु भइसकेको छ ।

वि.सं.२०७५ मंसिर १३ बिहीवार १३:१७ मा प्रकाशित

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशन सम्पन्न...

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

किएभ । उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच...

‘लालीबजार’ मा स्वस्तिमा

‘लालीबजार’ मा स्वस्तिमा

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण...

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट...

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा...

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा...