back

बृहत घुम्ती शिविरबाट स्थानीयले सेवा पाए

वि.सं.२०७५ मंसिर १३ बिहीवार

234 

shares
NTC AD

१३ मङ्सिर, गाईघाट । उदयपुर जिल्लाको पश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको रुपाटारमा सञ्चालन भएको दुईदिने बृहत् घुम्ती शिविरमा ३९२ ले नागरिकताको प्रमाण लिएका छन् भने झण्डै १०० भन्दा बढीले फोटोसहितको मतदाता नामावलीसमेत दर्ता गराएका छन् ।

यस्तै २१९ ले साधारण स्वास्थ्य सेवा लिएका छन् भने १५३ महिलाले पाठेघरसम्बन्धी उपचारको सेवा लिएको पनि प्रशासकीय अधिकृत खड्काले बताए । २६ ले घरेलु उद्योग दर्ता, ३१ घरले कृषिसम्बन्धी सेवा र २०० भन्दा बढीले पशु भेटेनरीसेवा लिएको र कूल हजारभन्दा बढी ताप्लीवासीले शिविरबाट विभिन्न सेवा लिएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरको अयोजनामा मङ्गलबार र बुधबार रुपाटारमा दुइदिने घुम्ती शिविर सञ्चालन कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताए ।
जिल्लाकै पश्चिमी पहाडी क्षेत्रको दुर्गम भेगमा बसोबास गर्ने जनतालाई विभिन्न सरकारी सेवा गाउँघरमा नै प्र्रदान गर्न यो शिविर सञ्चालन गरिएको बताइएको छ ।
उक्त स्वास्थ्य शिविरमा झण्डै २७ ले मुटु, सुगर, महिलाको पाठेघर, आँखासम्बन्धी निःशुल्क उपचार लिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए ।

वि.सं.२०७५ मंसिर १३ बिहीवार १३:३२ मा प्रकाशित

ADBL AD
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन...

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको...

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका...

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता...