back

चरन क्षेत्र नपाएपछि मौरी किसान समस्यामा

वि.सं.२०७५ मंसिर १३ बिहीवार

411 

shares
NTC AD

१३ मंसिर, चितवन । मौरी चरन क्षेत्रका स्थानीय तहले पत्र काटेर मौरी चराउन नल्याउन भनेपछि यहाँका किसान समस्यामा परेका छन् । चरनको खोजीमा यहाँका किसानले विभिन्न जिल्लामा मौरी लैजाने गर्दछन् ।

नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार दाङको घोराही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चरनका लागि मौरीका घार नल्याउन पत्र काटेका हुन् । उनले अहिले चितवनका ८० प्रतिशत मौरीका घार बाहिरी जिल्लामा रहेको जानकारी दिए । यहाँका मौरीपालकले मौरीको चरन क्षेत्र खोज्दै दाङ, अर्घाखाँची, प्युठान, रोल्पालगायतका जिल्लामा घार लैजाने गर्दछन् । सबैभन्दा बढी घार दाङमा लगिन्छ । त्यहाँ तोरी र चिउरी चरनका लागि लाने गरिन्छ । ७० प्रतिशत हाराहारी घार दाङमा भएको पौडेलले बताए ।

महासङ्घका अनुसार ३३ जिल्लामा मौरीपालक किसानको सञ्जाल छ । मौरीपालक किसान विष्णु भुसालका अनुसार बाहिरी जिल्लामा घार लान नपाएमा यहाँको चरनले धान्ने अवस्था छैन । चितवनमा २१ लाख मौरीको गोला र २१ हजार मौरीका घार छन् । त्यस्तै पाँच सयको हाराहारीमा मौरीपालक किसान छन् । महासङ्घले जङ्गल फँडानी, तोरीमा विषादी, चरन क्षेत्रमा रोकलगायतले मौरीपालक किसानलाई समस्या भएको जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख मेघनाथ तिमल्सिना मौरी चरनले कृषकलाई बेफाइदा नहुने बताउछन् । परागसेचित हुने बालीका लागि मौरी र अन्य कीरा महत्वपूर्ण हुने उनले बताए । यस्ता बालीमा फूलको भाले अङ्गमा रहेको परागकण स्त्री केशरमा सेचन गराउने काम गर्ने हुँदा बाली पनि राम्रो हुने उनको भनाइ छ । मौरी डुलेर बिगार हुन्छ भन्ने कृषकको धारण रहेको बताउँदै उनले त्यस्तो नभई पुष्प र पराग दुवै खेरजानबाट बच्ने बताए ।

महासङ्घका अध्यक्ष शर्माका अनुसार नेपालमा अहिले ५७ हजार मेलिफेरा र एक लाखमाथि सेराना मौरीको घार रहेका छन् । पाँच हजार ५०० व्यावसायिक कृषक रहेका छन् ।

वि.सं.२०७५ मंसिर १३ बिहीवार १५:०४ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...