back

सङ्घीय पर्यटन ऐनले क्यासिनो क्षेत्रका समस्या हल गर्ने मन्त्री अधिकारीको भनाई

वि.सं.२०७५ मंसिर १३ बिहीवार

411 

shares
IME Limited
NTC AD

१३ मंसिर, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वर्तमान सरकारले शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले मजदूरको जीवनमा ठूलो परिवर्तन ल्याउने बताएका छन् ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदूर युनियनको ३८औँ स्थापना दिवसका अवसरमा विहिबार आयोजित कार्यक्रममा उनले भने, “सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्छ, सरकारले खुट्टा कमाउँदैन ।” उनले मजदूरको हकहित रक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । पर्यटनको विकासबिना मुलुकको विकास हुन नसक्ने बताउँदै उनले समग्र पर्यटन क्षेत्रका विकासका लागि सङ्घीय पर्यटन ऐन, २०७५ को मस्यौदा तयार भइसकेको जानकरी दिए । आउँदो संसद् अधिवेशनबाट उक्त ऐन पारित हुने उनको भनाइ थियो ।

उक्त ऐन जारी भएपछि क्यासिनो क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधान हुने विश्वास व्यक्त गर्दै उनले क्यासिनोलाई व्यवस्थित गर्न खोज्दा कानूनी अड्चन आइपरेको गुनासो समेत गरेका थिए । मन्त्री अधिकारीले रोयल्टी नबुझाउने क्यासिनोलाई कुनै पनि हालतमा सञ्चालन गर्न नदिइने बताए । सीमा क्षेत्रमा क्यासिनो सञ्चालनको सम्भावना औँल्याउँदै उनले ती क्षेत्रलाई ‘क्यासिनो हव’ का रुपमा विकास गर्न सकिने बताए । युनियनका संस्थापक अध्यक्ष हरि शर्माले आफ्ना हकअधिकारका लागि मजदूरले सङ्गठित भएर आवाज उठाउनुपर्नेमा जोड दिँदै सरकारले पनि मजदूरका माग सम्बोधन गर्नुपर्ने बताए ।

कार्यक्रममा अग्रज ट्रेड युनियनकर्मी र व्यवसायीलाई सम्मान गरिएको थियो । गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने युनियन आबद्ध मजदूरका तीन सन्ततिलाई ‘स्व माधव न्यौपाने स्मृति छात्रवृत्ति’ समेत प्रदान गरिएको थियो । यसैगरी सर्वोत्कृष्ट ट्रेड युनियन पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा क्रियाशील आधिकारिक ट्रेड युनियनलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी मजदूरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा भएकामा खुशी व्यक्त गरेका थिए । सञ्चालकले विभिन्न बहानामा ज्यादति गरेको भन्दै होटल सोल्टीमा कार्यरत मजदूरले विसं २०३७ मा युनियनको गठन गरेका थिए । युनियनमा होटल, लज, रेस्टुरेन्ट, क्यासिनो, गेस्टहाउसमा कार्यरत मजदूर आबद्ध रहेका छन् । नेपालको पहिलो होटलका रुपमा विसं २००८ मा ललितपुरको जावलाखेलमा ‘नेपाल होटल’ सञ्चालनमा आएको थियो ।

वि.सं.२०७५ मंसिर १३ बिहीवार १५:०८ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...