back

कसले बनाउँछ नक्कली भिषा !

वि.सं.२०७५ मंसिर १४ शुक्रवार

252 

shares
NTC AD

१४ मंसिर, काठमाडौं । अफ्रिकी मुलुक मालीका एक नागरिक स्थलमार्ग हुँदै भारतबाट प्रवेशाज्ञा (भिसा) बिना नेपाल छिरे । उनी कहिले र कुन उद्देश्यले नेपाल आए भन्ने कुनै निकायलाई थाहा छैन । नक्कली भिषा प्रयोग गरेको अभियोगमा पक्राउ परेका ती अफ्रिकी नागरिक अध्यागमन विभागको हिरासतमा पुगेका छन् ।
अनुसन्धानमा उनको राहदानीमा भएको नेपालको भिषा स्टिकर र डिपार्चर छाप नक्कली ठहरिएको छ । उनी कति समय नेपाल बसे त्यसको समेत रेर्कड छैन । उनको राहदानीमा भारतको पनि भिसा पनि छ । नेपालबाट स्थलमार्ग हुँदै भारत छिर्ने क्रममा मंसिर ४ गते उनी पक्राउ परेका हुन् । बेलहिया नाकाबाट बिनारोकतोक छिरेका मालीका नागरिक मामाडोउ कोन्टेलाई भारतीय अध्यागमनले पक्राउ गरेको हो ।
भारतीय अध्यागमनका अधिकारीले सीमा सुरक्षा बल एसएसबीको सहयोगमा बेलहियाले थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको छ । अध्यागमन विभगका निर्देशक विष्णुहरि उपाध्यायले कोन्टेमाथि थप अनुसन्धान भइरहेको बताएको पनि आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७५ मंसिर १४ शुक्रवार ०८:०१ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...