
१४ मंसिर काठमाडौ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्दा झन्डै ६८ लाख रुपैयाँ खर्च भएको विवरण सरकारले सार्वजानिक गरेको छ । गत मंसिर १० बसेको मन्त्रीपरिषदको निर्णय सार्वजानिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सुचना सन्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो निर्णय सार्वजनिक गरेका हुन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ ,प्रचारप्रसार तथा समारोह व्यवस्थापनलगायतका काम गर्न आवाश्यक पर्ने ६७ लाख २३ हजार ७ सय रुपैयाँ अर्थ मन्त्रालयले सामजिक सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको छ ,मन्त्रीपरिषद्को निर्णयमा भनिएको छ ।
उक्त कार्यक्रम घोषणका लागि गरिएको खर्चबारे भएको आलोचनाप्रति सरकारको ध्यानाकर्षण भएको पनि मन्त्री बँस्कोटाले जानकारी दिएका छन् ।
कुनै पनि नयाँ कामको ब्रान्डिङ गर्ने संसारभरिको चलन हो,सरकारले खुलेर प्रचार प्रसार र ब्रान्डिङ गरेको हो । यस्ता कार्य पछि पनि गरिनेछ,मन्त्री बाँस्कोटाले भने । सामाजिक सुरक्षा योजना दक्षिण एसियाली मुलुकमा पहिलोपटक नेपालले लागु गरेको पनि मन्त्री बाँसकोटाले जानकारी दिए । आजको नागरिक दैनिक समाचारमा छ ।
वि.सं.२०७५ मंसिर १४ शुक्रवार ०८:५१ मा प्रकाशित