back

कार ठक्करबाट गम्भीर दुवैको अवस्था खतरामुक्त

वि.सं.२०७५ मंसिर १४ शुक्रवार

258 

shares
NTC AD

१४ मङ्सिर, काठमाडौँ । सुन्धारास्थित नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा अनियन्त्रित कारको ठक्करबाट गम्भीर घाइते भएका एक विदेशीसहित दुईजनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ ।

बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले विहीबार दिउँसो ३ः१५ बजे उक्त भवनको पार्किङस्थलबाट निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिँदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए । घाइतेमध्ये ११ जना सामान्य उपचारपछि घर फर्केका थिए ।

गम्भीर घाइते भएकी फिलिपिन्सकी नागरिक कोसिआको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र गङ्गामाया राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए ।

गम्भीर घाइते भएकी राईको ब्यूटी बोन भाँचिएको छ, भने कोसियाको कम्मरको हड्डी फुटेको सम्बन्धित अस्पताल स्रोतले जनाएको छ । उक्त कार भीडभाडमा रहेका सर्वसाधारणलाई लतार्दै नजिकै रहेको बसमा ठोकिन पुगेको थियो ।

वि.सं.२०७५ मंसिर १४ शुक्रवार १२:१४ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...