back

सिद्धार्थ बैंकले दुई अर्बको ऋणपत्र बिक्री गर्ने

वि.सं.२०७५ मंसिर १४ शुक्रवार

432 

shares
IME Limited
NTC AD

१४ मंसिर, काठमाडौँ । सिद्धार्थ बैंकले रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्न लागेको हो । बैंकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत दिने जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले यही मङ्सिर ६ गते स्वीकृति दिएको उक्त ऋणपत्रको बिक्री यही मङ्सिर २३ गतेदेखि शुरु हुनेभएको छ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । क्यापिटलका अनुसार ऋणपत्र बिक्री छिटोमा मङ्सिर २६ गतेसम्म र ढिलोमा आगामी पुस २३ गतेसम्म हुनेछ ।

उक्त ऋणपत्रलाई ‘एसबिएल डिबेन्चर २०८२’ नाम दिइएको छ । बिक्री गर्न लागिएको ऋणपत्रमध्ये २२ हजार ५०० कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । इक्रा नेपालले उक्त ऋणपत्रलाई ट्रिपल बी प्लस ग्रेड दिएको छ ।

वि.सं.२०७५ मंसिर १४ शुक्रवार १५:५२ मा प्रकाशित

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...

प्रेदशसभामा आजदेखि बजेटमा छलफल

प्रेदशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को...

लोन लिएर नतिर्ने ५० ऋणीको बैंकले निकाल्यो तीन पुस्ते विवरण

लोन लिएर नतिर्ने ५० ऋणीको बैंकले निकाल्यो तीन पुस्ते विवरण

काठमाडौँ । लक्ष्मी सनराईज बैंकले समयमै कर्जा नतिर्ने ५० जना...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

समितिद्वारा आजको सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

समितिद्वारा आजको सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...