
१८ मंसिर काठमाडौ । त्रिभुवन विश्वविद्यालयको मुख्य द्धारबाट ३ सयमिटर दुरीमा एउटा भवनको भित्तामा त्रिवि इतिहास केन्द्रीय विभाग लेखिएको पुरानो बोर्ड छ । न त्यहाँ विद्यार्थी देखिन्छन्, न प्राध्यापक नै ।
कुनै बेला खचाखच हुन्थे इतिहास विभागमा विद्यार्थी । २०३३ सालमा त्रिविमा इतिहास पढ्ने ४० जना विद्यार्थी थिए । २०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा स्नातकोत्तर तहमा इतिहास विषयको पठनपाठन हुन थालेको हो ।
त्रिवि मानविकी संकायअन्तर्गत स्नाकोत्तरका अन्य विषयगत विभाग पनि विद्यार्थी अभावमा सुनसान छन् । संस्कृष्त,नेपाल भाषा, नेपाली, जनसंख्या, वौद्ध धर्म, हिन्दी र भुगोल विभागमा समेत विद्यार्थीको संख्या अत्यन्तै न्युन छ ।तर,न त्रिविले विद्यार्थीलाई आकर्षित गर्न सकेको छ,न त ती विभाग खारेजीमै परेका छन् । आजको राजधानी दैनिक समाचार छ ।
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०८:१७ मा प्रकाशित




























