
१८ मंसिर काठमाडौ । विवादास्पद मानिएको एनसेल सेयर खरिदबिक्रि लाभकर मुद्धाको अन्तिम सुनुवाई सर्वाेच्च अदालतमा सोमबार दोस्रोपटक रहस्यपुर्ण रुपमा स्थगित भएको छ ।
सर्वाेच्च अदालतका पाँच न्यायधीश रहेको पुर्ण इजलासमा अन्तिम सुनुवाई भइरहेको सो मुद्धा हेर्दाहेर्दैको अवस्थामा थियो । प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले दैनिक पेसी सुचीबाटै सो मुद्धा स्थगित गरेका हुन् ।
अन्तिम सुनुवाइको अवस्थामा रहेको र त्यसमाथि पनि हेर्दाहेर्दैको मुद्धा दैनिक पेसी सुचिबाटै स्थगित हुनुलाई स्वाभाविक मान्न सकिँदैन , सर्वोच्च अदालतको माथिल्लो स्तरसम्म पहँुच पुर्याउन नसक्ने व्यक्तिको कुनै पनि मुद्धा त्यसरी स्थगित हुन सम्भव नभएको स्रोतले बतायो । असोज १८ देखि एनसेल लाभकर विवादको सो मुद्धामा अन्तिम सुनुवाइ सुरु भएको थियो भने मंसिर १३ मा पाँचमध्ये एक न्यायधिश अनुपस्थित हँुदा स्थगित भएको थियो । सोमबारसमेत एक न्यायधिश बिदा बस्दा सुनुवाइ स्थगित भएको अदालत सुत्रको बुझाई छ । आजको नागरिक दैनिक समाचारमा लेखिएको छ ।
वि.सं.२०७५ मंसिर १८ मंगलवार ०८:५५ मा प्रकाशित