१८ ङ्सिर,गाजा सिटि । गाजा क्षेत्रमा हमासले सञ्चालन गरेको सैन्य अदालतले सोमबार छ जनालाई फाँसीको सजाय तोकेको छ ।
इजरालीसँग संदिग्ध तालमेल गरेको आरोपमा उनीहरूलाई झुण्ड्याएर मृत्यु दण्ड दिन अदालतले आदेश दिइएको अधिकारीहरूले जनाएका छन् ।
छ जनालाई फाँसीको सजायसहित १४ जनालाई अदालतले दोषी ठहर गर्दै विभिन्न दण्ड सजायको फैसला गरेको गृह मन्त्रालयले जनाएको छ । फाँसीको सजाय पाउनेमा अमाल नामकी एक महिला मात्रै रहेको अधिकारीहरूले बताएका छन् ।
हमास र त्यसको गठबन्धनले इजरायलसँग गत सन् २००८ देखि युद्ध लड्दै आएको छ ।
वि.सं.२०७५ मंसिर १८ मंगलवार १२:४५ मा प्रकाशित