back

नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

वि.सं.२०७५ मंसिर १८ मंगलवार

372 

shares
IME Limited
NTC AD

१८ मङ्सिर, काठमाडौँ ।नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो । नबिलले सो आवमा रु चार अर्ब पाँच करोड खुद मुनाफा गरेको थियो ।

बैंकका अनुसार १०० कित्ता शेयर बराबर २२ कित्ता लाभांश शेयर र प्रति शेयर रु २२ का दरले नगद लाभांश दिने भएको हो । बैंकको यही मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो ।

यस्तै स्टकमा आज मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । आव २०७४र७५ को नाफाबाट बैंकले प्रस्ताव गरेको १८ दशमलव २५ प्रतिशत नगद लाभांश दिने भएको छ । मूल्य समायोजनपछि सो बैंकको प्रतिकित्ता शेयर मूल्य रु ३४५ कायम हुनेछ । यस्तै औसत आधार मूल्य भने रु ४९८ हुने छ ।

यस्तै विवरण बुझाउन अटेर गरेको भन्दै सोमबार कारोवार रोक लगाइएको नाडेप लघुवित्त वित्तीय संस्थाको कारोवार खुला भएको छ । स्टकले आज सो लघुवित्तको कारोवार खुल्ला गरेको जनाएको छ ।

वि.सं.२०७५ मंसिर १८ मंगलवार १३:३२ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...