back

वडाको बजेटले क्यारमबोर्ड खरीद

वि.सं.२०७५ मंसिर १८ मंगलवार

516 

shares
IME Limited
NTC AD

१७ मङ्सिर, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन ।

क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खेल्दा धेरै रकम बाजी थापेर समेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रुपमा पनि लिइने गरिन्छ । वडाध्यक्ष उज्ज्वलसिंह राठौरले क्यारेमबोर्ड खरिद गर्न रु एक लाख बजेट विनियोजन गरिएको र हालसम्म चारवटा टोलमा वितरण गरिएको बताए ।

एक वडा सदस्यले युवालाई खुशी बनाउन क्यारेमबोर्ड बाँडेको भन्दै वडाध्यक्षको आलोचना गरेका छन । नाम नबताउने शर्तमा उनले भने, ‘वडामा छलफल नै नगरेर बजेटको दुरुपयोग भएको छ, क्यारमबोर्ड खरीद गरेको बिल भपाई पास गर्न दिदैनौँ ।’

क्यारमबोर्ड खेललाई ठूलो जुवा मानी प्रहरीले यस खेलमाथि नियन्त्रणको प्रयास गर्दै आएको छ । ‘सरकारकै लागि गलत पद्दति स्थापित हुन्छ, ।अधिकारकर्मी प्रकाश उपाध्यायले भए, “वडाको बजेटबाट क्यारमबोर्ड खरीद गरी वितरण गर्नु जायज होइन ।”

वि.सं.२०७५ मंसिर १८ मंगलवार १५:३६ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...