back

विष्फोटमा परी तीन व्यक्तिको मृत्यु, २४ व्यक्ति घाइते

वि.सं.२०७५ मंसिर १९ बुधवार

207 

shares
NTC AD

१९ मङ्सिर, क्वालालम्पूर, मलेसिया ।मलेसियाको सारावाक राज्यमा एक व्यापारिक केन्द्रको भवनमा शक्तिशाली विस्फोट भएको छ ।

मङ्गलबार भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइतेभएका मलेसियाली अधिकारीले जनाएका छन् ।

मलेसियाको राज्य सञ्चालित बेर्नामा न्यूज एजेन्सीले विस्फोट ग्यास ट्याङ्कीमा चुहावट भएका कारण भएको जनाएको छ ।

सारावाक राज्यको राजधानी कुचिङको अग्नी नियन्त्रण विभागका प्रमुख वान अब्दुल मुबिनले एएफपीलाई दिएको जानकारी अनुसार घटना ग्रीनवीच समय अनुसार विहान ७ :३७ मा भएको थियो ।

उनले थपे, “विभागले घटनाबारे जानकारी प्राप्त गरे लगत्तै ३९ जनाको अग्नी नियन्त्रक टोली घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेको छ । विगत केही बर्ष यता उक्त शहरमा यस किसिमको विस्फोट भएको थिएन र मङ्गलबारको घटनाबारे अनुसन्धान भइरहेको छ । विष्फोट कुनै वमको प्रयोग नभएको प्रारम्भीक अनुसन्धानबाट थाहा हुन आएको छ ।”

वान अब्दुलले भने, “घटना तीन जनाको मृत्यु भएको छ २४ जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।”

विष्फोट पुननिर्माण भइरहेको भवनको भुईंतलामा रहेको भण्डारमा भएको वान अब्दुलले जानकारी गराए ।

घटनापछि उक्तस्थानमा खिचिएको सञ्चारमाध्यमबाट प्रशारित भिडियोमा भवनको भण्डार रहेको कोठा पूर्णरूपमा क्षति भएको र केही व्यक्ति सहयोगका लागि चिच्याइरहेको देखिएको छ । यसबारे थप विवरण अनुसन्धानपछि आउने अधिकारीहरूले जनाएका छन् ।

वि.सं.२०७५ मंसिर १९ बुधवार ०९:२४ मा प्रकाशित

ADBL AD
अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

मस्को ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल...

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका...

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

कोलकाता । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि...

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग...

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

रोम । इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना...